चर्चित गायक उदित नारायणको स्वरमा ” होस मा बेहोसी ”

Featured पर्यटन मनोरञ्जन समाचार

लेजेन्डरी गायक उदित नारायण झा को आवाजमा धेरै समयको अन्तरालमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो मुम्बईमा नै तयार गरिएको हो । प्रख्यात गायक झाले गाएको गीत ‘श्री हजुर’ नामको महिमामा आधारीत छ ।

बिजय गौतमको शब्दसंगीत तथा निर्देशनमा तयार भएको गीतमा गोपाल रसाइलीको संगीत सम्योजन छ । सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । बिगतमा सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भाबका गीत संगीतहरु दर्शक सामु पस्कदै आईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *