कोसी ब्यारेजका ३३ ढोका खोलेर निकास

Featured समाचार

विराटनगर — अबिरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम अझै जारी छ । पछिल्लो पटक गरिएको मापन अनुसार कोसीमा २ लाख ४६ हजार ८ सय क्युसेकभन्दा बढी पानीको बहाव देखिएको छ ।पानी बढिरहेपछि निकास दिनका लागि कोसी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ। पानीको बहाव धेरै भएपछि ब्यारेजमा सतर्कतासूचक रातो बत्ती बालिएको छ।

यसअघि हिजो साँझ गरिएको मापनमा पानीको बहाव २ लाख क्युसेकभन्दा बढी पाइएको थियो। त्यसबेला पानीलाई निकास दिन ब्यारेजका २९ वटा ढोका खुला गरिएको थियो।

सुनसरीको चतरामा भएको पानीको बहाव शनिबार बिहान सतर्कता संकेतभन्दा माथि पुगेको छ। स्थानीय प्रशासनले कोसी वारिपारिका सुनसरी र सप्तरीका गाउँ बस्तीहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ।
साभार :कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *