पर्वत,कुश्मा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका ८ ,चुवा मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका युवा राजेश गिरीले काँग्रेस र एमाले को मत काट्ने आँकलन गरिएको छ | राजनीतिक दलले आफ्नो स्वार्थका लागि मात्रै काम गरेको, चुवाको विकासको लागि काम नै गर्न नसकेको गिरीको आरोप छ ।
गिरीले आफूले चुनाव जिते पक्ष विपक्षको रुपमा नहेरी साझा नेतृत्व लिएर चुवाको आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । यता गिरीको उपस्थितिले कुन दललाई फाइदा र कुन दललाई घाटा होला भन्ने चर्चा पनि सुरु भएको छ । ३० गते हुने मतदानमा गिरीले सामाजिक सञ्जालको मतलाई ‘ब्यालेट’ मा कति परिणत गर्न सक्छन् भन्नेचाहिँ हेर्न बाँकी नै छ ।
तर, उनको उपस्थितिलाई दुवै ठूला दलले चुनौतीको रूपमा भने लिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका गिरीले ‘धारो ’ चुनाव चिन्ह पाएका छन्। वडाध्यक्षका लागि गठबन्धनका तर्फबाट नेपाली काग्रेँसका सुरेन्द्र केसी, नेकपा एमालेका तर्फबाट कुल प्रसाद पोख्रेल र स्वतन्त्र रुपमा राजेश गिरी छन। गिरीको बैचारिक क्षमता, सामाजिक कार्यको जोश र दलहरूका कमजोर प्रतिद्वन्द्वीका कारण उनी जितको नजिक रहेको आँकलन गरिन थालिएको छ ।