कोरोनाको बेला किस्ता नतिरेको भन्दै जनताको धितो लिलाम गर्ने बैकलाई सांसद गिरीको चेतावनी

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार समाज

कार्तिक २६, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पर्वतका अध्यक्ष एवम् प्रतिनिधि सभा  सदस्य पदम गिरीले कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको धितो लिलाम गर्ने बैकहरुलाई कडा चेतावनी दिनु भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको धितो लिलाम गर्ने,कालो सुचीमा राख्ने र उठिबास लगाउन खोज्ने नाफाखोरी बैंकहरु ले समय र परिस्थिति को ख्याल राख,मौकाको फाईदा उठाउन नखोज भन्ने कुरा उल्लेख गरेका छन ।

यस अघि पनि संसदको शुन्य समयमा आफ्नो धारणा राख्ने क्रममा बैंकहरुले अस्वभाविक रुपमा व्याजदर बढाएकोमा विरोध एवम् अरु क्षेत्र धरासय भए नि भओस तर बैकहरु नाफामै जान पर्ने भन्दै कटाक्ष गरेका थिए भने वैकहरूले एक वर्षमा सम्म पहिलेको सहमती अनुसारको व्याजदर कायम गर्नु पर्ने धारणा राखेका थिए ।

https://www.facebook.com/100022919766094/videos/324950198278970/?t=20

Leave a Reply

Your email address will not be published. Required fields are marked *