रास्ट्रीय जनमोर्चा समन्वय समिति कास्कीको भेला सम्पन्न ।

समाचार

पोखरा, ५ चैत्र ।
रास्ट्रीय जनमोर्चा जिल्ला समन्वय समिति कास्किको जिल्ला भेला सम्पन्न भएको छ । भेलालाइ समन्वयका युवा नेता कामरेड आकाश गौतमले उट्घाटन गरेका थिए । भेला उट्घाटन गर्दै गौतमले पार्टिको पछिल्लो राजनैतिक लाइन सम्सदवाद उन्मुख र बर्ग समन्वयकारी भएको आरोप लगाउदै पार्टी दक्षिणपन्थी दलदलमा फस्दै गएको, वर्गसंघर्षको लाइन छाडेको आरोप लगाएका थिए । त्यस्तै नेकपा मसाल जिल्ला समन्वय समितिका कास्की जिल्ला प्रबक्ता कामरेड अर्जुन शर्माले पार्टीको आठौं महाधिवेशनले नै मुल ट्रेन्ड्मा गम्भीर प्रकारको कमजोरी गरेको आरोप लगाउदै अहिलेको प्रधान कार्यभार बिचारको रक्षा भएकोले यो वाध्यकारी परिस्थितिको उपज भएको बताएका थिए । भेलालाइ अर्का जनजाति नेता अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार तथा गण्डकी प्रदेश अध्यक्ष कामरेड दिपक गुरुङले mcc जस्तो रास्ट्रघाती परियोजना पास गर्ने अमेरिकी साम्राज्यवादका दलाललाइ सरकारी जनमोर्चाले अझै पनि काधमा बोकेर हिडिरहेको र जनजातीको अधिकारको प्रश्नमा समेत ब्यबहारमा कहि न कहि उपहास गरेको आरोप लगाए । अर्का महिला प्रतिनिधि मिना लक्ष्मी आचार्यले यो परिस्थितिमा भएको भेला पार्टी नेतृत्वको बैचारिक बिचलनको कारण भएकोले क्रान्तिकारी पार्टी निर्माणमा जोड दिनु पर्नेमा ध्यानाकर्षण गराउदै भेला सफलताको शुभकामना दिएका थिए ।
भेलाले बिक्रम थापा मगरको अध्यक्षतामा एक रिक्त सहित ९ सदस्यीय रास्ट्रीय जनमोर्चा जिल्ला समन्वय समिति कास्की गठन गरेको छ । त्यस्तै उपाध्यक्ष, सचिब, सहसचिव र कोसाध्यक्षमा क्रमशः बिशन बिक, दिपक गुरुङ, खिम बुढामगर र मीनालक्ष्मी आचार्य र सदस्यहरुमा देबिलाल कंडेल, प्रेम बिक र दुर्गा शर्मालाइ निर्बाचित गरेको छ । सहिदहरु प्रती उच्च सम्मान गर्दै एक मिनेट मौन धारण सहित सन्चालन भएको भेलामा बिक्रम थापा मगरको अध्यक्षता, खिम बुढामगरको संचालन र बिसन बिकको स्वागत मन्तब्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *