१३ पुस, पोखरा
कास्की–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा एमालेका दामोदर पौडेल
बैरागीले संसदमा जनताका समस्याबारे सक्रिय भएर आवाज उठाउने प्रतिबद्धता
जनाएका छन् । एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारीमा आवद्ध पत्रकारसँग
बुधबार भएको भेटमा उनले जनताका समस्या समाधान गर्न आफू सधैँ तत्पर
रहेको बताए । ।।।म सांसद नहुँदा पनि पार्टीकै विभिन्न कमिटीमा बसेर
जनतासँगै थिएँ । अब जनप्रतिनिधि भएर एउटा भूमिका थपिएको छ । संसदमा
कास्कीका समस्या जोड्दार ढंगले उठाउँछु,’ उनले भने ।
उनले चुनावमा केही विकास निर्माणका काम गर्ने प्रतिबद्धता जनाएकाले ती काम
सम्पन्न गर्न सक्रिय भएर लाग्ने बताए । आफ्नो पाँच वर्षे कार्यकालमा वडा
कार्यालय पुग्ने बाटो पक्की बनाउने योजना सांसद बैरागीले सुनाए ।
आफ्नो निर्वाचन क्षेत्र ग्रामीण भूभाग बढी भएको र सडकको पहुँच नपुगेकाले
त्यसतर्फ आफ्नो ध्यान जाने सांसद बैरागीको भनाइ थियो । ।।।हाम्रोमा सबै
गाउँले भेग छ । ती ठाउँबाट वडा कार्यालयमा पुग्न पाँच वर्षभित्र पक्की बाटो
हुनपर्छ भन्ने भिजन छ । कति वडा, कति प्रदेश, कति संघले सक्छ त्यहीअनुसार गछौर्
ं,’ उनले भने ।
सांसद बैरागीले ठूलो भूगोल भए पनि स्वास्थ्य सेवाको पहुँच निकै कम भएकाले
एक पालिका एक अस्पताल योजनालाई अघि बढाउने सुनाए । ।।।म निर्वाचित भएको
क्षेत्रमा राम्रो सरकारी अस्पताल बनाउन चाहन्छौँ । ४ वटा अस्पताल र एउटा राजमार्ग
अस्पताल बनाउन पहल गर्ने छु,’ उनले भने । खानेपानीका योजनाको निर्माण
सक्ने गरी आफूले सम्बन्धित निकायसँग सहकार्य गर्ने सांसद बैरागीले बताए ।
कास्की–३ मा घान्द्रुक, ल्वाब, लान्द्रुक, अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल
पदमार्ग पर्छन् । तर, सबै उत्पादन बजारकै खुवाइने गरेकोमा चिन्ता व्यक्त गरे ।
यो समस्या समाधान गरेर गाउँमा गाउँकै उत्पादन खुवाउने गरी ।।।इको
रिसोर्ट’बनाउने योजनाअनुसार अघि बढ्ने सुनाए । अन्न, तरकारी, फलफूल,
मासु र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने महत्वाकांक्षा बोकेर योजना
निर्माणमा खटिने सांसद बैरागीले बताए ।