किशोरीको शव फेला

Featured विशेष समाचार

राजविराज, १५ माघ  : सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ । उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । शवपरीक्षण गरी आफन्तलाई बुझाइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।

 

-(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *