बागलुङमा आगालागीमा तीन बालबालिकाको ज्यान गयो

Featured विशेष समाचार समाज

बागलुङ- जिल्लाकाे सदरमुकाम देखि पश्चिम ताराखाेला गाउँ पालिका वडा नम्बर ४ मा भएको अागलागिमा परि ३ जना बालबालिकाकाेमृत्युु भएको छ ।

तारा गाउँ वडा नम्बर ४ मा अागाे ताप्ने क्रममा यामबहादुर खत्री काे दुई तले कच्ची गाेठमा अागाे लाग्दा साेही गाउँ पालिकाका रूद्रबहादुर राेकाका ६ बर्षिय छाेरा रतिश राेका डिल बहादुर घर्ती काे ६ बर्षिय छाेरी ऋतु राेका र ४ बर्षिय छाेरा अायुष राेकाकाे अागलागिमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दिउँसो ४ बजेदेखि लागेको अागाे इलाका प्रहरी कार्यालय ताराखाेला बाट गएको प्रहरी टाेलिले बेलुका ७/१५ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

-nayasandesh.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *