इलाम जिल्ला माइ नगरपालिका वार्ड न ४ स्थाइ घर माइ पोखरामा ज्याला मजदुरी गर्दै आउनुभएका २५ वर्षिय टेक ब. पुलामी मगर तथा गुल्मी जिल्ला अर्वेनी स्थायी घर भइ पोखरामा अगरबत्ती बिक्री वितरण गर्ने शारीरिक अपाङ्गता भएकी २५ वर्षिय लक्ष्मी सुनार बिच पोखरा रामबजारको राम मन्दिरमा वैवाहिक कार्यक्रम सु-सम्पन्न भएको छ । वेहुली शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ र व्हिलचियर प्रयोग गर्नु हुन्छ, वेहुला सपाङ्ग हुनुहुन्छ त्यसैमा पनि यो विगत लामो समयको प्रेमलाई विवाहमा परिणत गर्न पारिवारिक चुनौती धेरै नै थियो त्यो पनि अन्तर जातीय विवाह सामाजिक रुपमा सहज हुने कुरै भएन । उहाँहरूलाई स्वाबलम्बन जीवन पद्धती केन्द्र पोखरा १५ ले सहजीकरण गरी कानूनी तथा परम्परागत दुवै रुपले वैवाहिक कार्यक्रम सु-सम्पन्न भएको संस्थाका प्रतिनिधिले बताए। समाजमा यसैगरि सपाङ्ग तथा अपाङ्ग विच विवाह भएमा अपाङ्गता भएमा व्यक्तिहरुलाइ जीवन यापन गर्न तथा सामाजिक जागरणको लागि यो विवाह उदाहरण बन्ने कुरा विवाहमा उपस्थित नरहरी मेडिकलका संचालक नरहरी पनेरुले बताए ।
