पर्वत जिल्ला अस्पतालको सरसफाई कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश समाचार स्वास्थ्य

पौष 14

पर्वत जिल्ला अस्पतालको सरसफाई कार्यक्रम सम्पन्न
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वत जिल्ला अस्पतालको परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलको प्रमुख आतिथ्यता र पर्वत जिल्ला अस्पतालका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा भएको पहिलो दिनको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, डाक्टर तथा स्पतालको कर्मचारी परिवारको सहभागिता रहेको थियो । अस्पताल सरसफाई कार्यक्रम आगामी महिनादेखि महिनाको पहिलो शुक्रवार बिहान ७.३० बजे सञ्चालन गर्ने निर्णय भएको समेत जानकारी गराईएको थियो । पहिलो दिनको सरसफाईमा अस्पताल परिसर सरसफाई गर्नुका साथै एउटा फुल बंगैचा निर्माण गर्ने काम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *