कुश्मा नगरपालिका वडा नं ७ स्थित जेष्ठ नगारिक परामर्श केन्द्रको भवन निर्माण शुरु, सांसद गिरीले गरे शिलान्यास

Featured समाचार

२५ जेठ,

जिल्लाको कुश्मा नगरपालिका वडा न ७ मा जेष्ठ नगारिक स्वास्थ्य परामर्श केन्द्रको भवनको निर्माण कार्य शुरु गरिएको छ । एक कार्यक्रमका वीच परामर्श केन्द्र भवनको संघिय सांसद पदम गिरीले शिल्यान्यास गरेका छन । जेष्ठ नागरिक मिलन केन्द्रले निर्माण गर्न लागेको उक्त भवनको सांसद गिरीले औपचारिक कार्यक्रमका वीच शिलान्यास गरेका हुन ।

भवनको शिलान्यास कार्यक्रममा बोल्दै सांसद गिरीले जेष्ठ नगारिकको सम्मान गर्नु राज्यको दायित्व भएको बताए । अनुभव, ज्ञान र सीपको भण्डार जेष्ठ नागरिकसंग हुने भएकाले उनीहरुको सम्मान गर्दै नयाँ पिढिले उनीहरुसंगबाट ज्ञान आर्जन गर्नुपर्ने धारणा राखे । विकसित मुलकमा राज्यतहबाट नै जेष्ठ नागरिकहरुको पालनपोषणको जिम्मा लिने गरेको उदाहरण दिदै सामाजिक सुरक्षा कार्यक्रम मार्फत नेपालमा पनि त्यो कामको शुरुवात भएको उल्लेख गरे ।

सांसद गिरीले संघिय सरकार मार्फत उक्त भवन निर्माणका लागि बजेटको ब्यवस्थापन गरेका हुन । जेष्ठ नागरिकहरुद्धारा गठन भएको मिलन केन्द्रले भवन निर्माण कार्यको पहल गरेको थियो । मिलन केन्द्रको पहलमा २ करोड २६ लाख रकम विनियोजन गर्दै सांसद गिरीले भवन निर्माण कार्यको शुभारम्भमा सहयोग गरेका हुन । विनियोजन रकम मध्ये कहि रकम कुश्मा स्थित बसपार्क ब्यवस्थापनमा खर्च हुने र बाँकी १ करोड ५५ लाखका लागतमा उक्त भवन निर्माण हुने भएको छ ।

वडाअध्यक्ष सुवास चन्द्र पौडेलले वडाको अग्रसरतामा गठन भएको मिलन केन्द्र मार्फत भवन निर्माण शुरु हुन लागेको जानकारी दिए । उनले भवनमा दिवा सेवा प्रदान हुनेछ । दिउँसोको समयमा कुश्मा नगरक्षेत्रका जेष्ठ नागरिकले आश्रय लिन सक्नेछन । उक्त आश्रय स्थलमा स्वास्थ्य परिक्षण र परामर्श सेवा समेत प्रदान हुने वडाअध्यक्ष पौडेलको भनाई छ ।

भवनको शिलान्यास कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी पंगेनी, सहयाक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदी, वड न ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेल, जेष्ठ नगारिक मञ्चका जिल्ला अध्यक्ष लोकनाथ आचार्य लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । मिलन केन्द्रका अध्इक्ष तिर्थराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चिन्तामणी शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *