नेरेसो ८ उपशाखाको वार्षिक साधारणसभा सम्पन्न

गण्डकी प्रदेश विशेष समाचार

पोखरा, २८ पुस ।

नेपाल रेडक्रस सोसाईटी पोखरा ८ को १२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथी नेरेसो कास्की शाखाका उपसभापति डण्डराज शर्माले कार्यक्रमको उदघाटन गर्दै रेडक्रसको भावनालाई समाजमा विस्तार गर्दै नेरेसो पोखरा ८ उपशाखाले जस्तो सुकै विपदका वेला पनि कास्की शाखालाई साथ दिंदै रेडक्रस गतिविधिलाई अगाडि बढाउँदै आइरहेको विचार व्यक्त गर्नु भयो । कार्यक्रमका विशेष अतिथी पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले स्थानीय तहले निर्धारण गरेका कार्यक्रममा साथ दिैदैं र वडा नं.८ र रेडक्रस मिलेर वडा नं. ८ को सरसफाईदेखि वडा हरियाली कार्यक्रममा सहभागी हुन आव्हान गर्नु भयो । कार्यक्रममा नेरेसो कास्की शाखाका पूर्व सदस्य गणेश वहादुर अधिकारी, कास्की शाखाका पूर्व सदस्य हरि प्रसाद बरालले शुभकामना दिनु भएको कार्यक्रममा सचिव इश्वर प्रसाद सुवेदीले वार्षिक प्रगति प्रतिवेदन र सहकोषाध्यक्ष वलराम बरालले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मतिले पारित भएको यियो । नेरेसो पोखरा ८ उपशाखाका सभापति राधिका रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सिता पाण्डेले स्वागत गर्नुभएको थियो भने संचालन सचिव इश्वर सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा भर्खर गठन गरिएको युवा रेडक्रम सर्कलका संयोजक तथा सदस्यहरुलाई प्रमुख अतिथिले अविर लगाएर स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *