प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता ले भारत दबाबमा

Featured आज को बिचार समाचार

२८ पुष २०७७, मंगलवार, दिनदिनै बिचार 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतिय  सञ्चार माध्यम जी न्युज तथा ग्लोबल लिडर को अन्तरवार्तामा दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताउनुभएको छ । उहाँले अन्तर्वार्ताका क्रममा दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताउनुभयो। उहाँले भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि सार्वभौमिकता बराबरी हुने बताउनु भएको हो । ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताउनुभएको छ।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले दुवै नेपालका छिमेकी भएकाले कोहीसँग पनि ‘कार्ड’ नखेल्ने  बताउनुभयो। उहाँले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदी र चिनियाँ राष्ट्रपति सी जिनपिङकाको साथी भएको बताउनुभयो ।  ग्लोबल लिडर को अन्तरवा ओलीले प्रचण्ड बारे साेधिएकाे प्रस्न मा प्रचण्ड बानि अस्थिर रहेकाे बताउनु भयाे।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणको तयारी गरिरहँदा यस्तो अन्तर्वार्ता राेचकताका साथ हेरीएकाे छ साथै भारत लाई सत्य  स्वीकार्नदबाब र्सिजना  गरको  छ।

अन्तर्वार्ता  

Leave a Reply

Your email address will not be published. Required fields are marked *