मलामी जान जारी भएको सवारी पास दुरुपयोग गर्ने पक्राउ

Featured गण्डकी प्रदेश समाचार

मलामी जान जारी भएको सवारी पास दुरुपयोग गर्ने पक्रा

कास्की ।जिल्ला प्रशासन कार्यालय कास्कीबाट मानिसको मृत्यु भएकोले मलामी जानको लागि भनि जारी भएको सवारी पासको दुरुपयोग गरी रकमलिई सवारी साधनमा मानिस ओसारपसार गर्नेहरु पक्राउ परेका छन । प्रशासनले चैत्र २१ गते जारी गरेको सवारी पास दुरुपयोग गरेको पाईएपछि स्याङ्जा भिरकोट – ६ का लिला प्रसाद पंगेनी अर्जुनचौपारी गापा– ५ का प्रताप पौडेललाई पक्राउ गरी अनुसन्धान तसुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

त्यस्तै मिति १९ चैत्रमा रातको समयमा आकस्मिक सेवामा प्रयोग हुने जिल्ला धादिङ गजुरी गाउपालिका पिंजडा स्वास्थ चौकीबाट संचालित बा२झ ३०९८ नम्बर र प्राबिधिक स्वास्थ केन्द्र धादिङबाट संचालित बा२झ ४३३३ नम्बरको एम्बुलेन्समा १५ जना मानिसहरु राखी जिल्ला पर्बतबाट धादिङ तर्फ जान लागेको अवस्थामा जिल्ला कास्की पोखरा महानगरपालिका स्थित पोखरा बाग्लुङ सडक खण्डबाट उक्त एम्बुलेन्सहरु र चालकहरुलाई समेत नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *