प्रदेशसभा सांसद लम्सालको पहलले हट्यो पाँचखाल तीनपिप्लेको खानेपानी समस्या

Featured विशेष

काभ्रेपलाञ्चोकः बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्सालको पहलमा पाँचखाल तिनपिप्ले क्षेत्रको खानेपानी समस्या समाधान भएको छ। पाँचखाल नगरपालिका–६ अन्र्तगत तीनपिप्ले,एकताबस्ती र पौडेलथोकमा डिप बोरिङ गरी पानी वितरण सुरु भएसँगै दुई दशकदेखिको समस्या समाधान भएको हो।

लम्सालको पहलमा बाग्मती प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७६÷७७ मा ५० लाख बजेट विनियोजन भएको थियो। प्रदेशको बजेट र उपभोक्ता समितिले ८ लाख रुपैँया लागतमा आयोजना सम्पन्न भएको जानकारी दिईएको थियो।सम्पन्न आयोजनाको विहिबार सांसद लम्सालकै उपस्थितमा उद्धघाटन सम्पन्न भएको छ। आयोजनाबाट करिव ४ सय घरपरिवार लाभान्वित भएका छन।

पानि अभावमा काकाकुल अवश्थामा रहेको यस क्षेत्रका स्थानीयले सांसद लम्सालले चुनावमा जनतासामु गरेका प्रतिवद्धता पुरा गरेको भन्दै उनलाई धन्यवाद दिएका थिए। उनीहरुले सांसद लम्सालले जनताप्रतिको उत्तरदायित्व पुरा गरेको भन्दै खुसि समेत व्यक्त गरे।

उपभोक्ता समिति अध्यक्ष कल्पना श्रेष्ठले प्रदेशसभा सांसद लम्सालकै कारण बषौँदेखिको समस्या समाधान भएकोमा खुसी व्यक्त गरिन। ‘हामीले चुनावको समयदेखि नै भन्दै आएका थियौँ। अहिले आएर पुरा भएको छ,’ उनले भनिन,‘सांसद लम्सालले हाम्रो समस्यालाई सुनिदिए । अव दिनरात झेल्दै आएको पानिको समस्याबाट मुक्ति पाएका छौँ।’

कार्यक्रममलाई सम्बोधन गर्दै सांसद लम्सालले विकासनिर्माण र सामाजिक कार्य कुनै पार्टी बिशषको नहुने स्पष्ट पारेका थिए। उनले आफुले चुनावको समयमा गरेको प्रतिवद्धता पुरा भएको हेर्न पाँउदा खुसी लागेको प्रतिक्रिया दिए। साथै बाँकि प्रतिवद्धता पुरा गर्न आफु निरन्तर लागिपर्ने बताए।

उपभोक्ता समिति सदस्य भोजराज पन्तका अनुसार २०५७ पछि पानि पर्ने क्रममा बदलाव आएसँगै पानिका स्रोतहरु सुक्न थालेको थियो। यससँगै यो क्षेत्रमा हाहाकारको स्थिति आएको उनको भनाई छ।

वडा नम्वर ६ का वडा अध्यक्ष रामशरण दुलालले नगर स्तरीय खानेपानी आयोजनाहरु पनि निर्माणको चरणमा रहेको जानकारी दिए। उनले वडा नम्वर ६ का ८ स्थानमा बोरिङ मार्फत खानेपानी वितरणको काम भईरहेको छ।

कार्यक्रममा सुनकोशी खानेपानी आयोजनाका उपाध्यक्ष रविन्द्र सिपखान,सुनकोशी आयोजनाका सचिव मनिराज गौतम,नेपाल रेडक्रस सोसाईटि पाँचखालका अध्यक्ष बाबुकाजि पराजुलि,उपभोक्ता समिति सदस्य भोजराज पन्त,पाँचखालका युवा नेताहरु शिवराम दाहाल,पुरुषोत्तम आचार्य नेता सुर्य बहादुर भेटवाल,समाजसेवी कुमार बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *