बँदेलको आक्रमणबाट किशोर घाइते

Featured समाचार

मार्तडी, २ माघ

बाजुराको बडीमालिका नगरपालिकामा जङ्गली जनावर बँदेलको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बडीमालिका नगरपालिका–७ ढम्कनेका १५ वर्षीय रोशन रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गाउँ नजिकैको हल्याडाँडा वनमा बुवासँग घाँस काट्न गएका रोकायालाई बँदेलले आक्रमण गरेको हो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अछामको बयालपाटा अस्पताल लगिएको छ ।

बलात्कारी पक्राउ

बूढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापालाई मङ्गलबार प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको बेलामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यायमा पीडितकी आमाले उजुरी दिनुभएको छ । उजुरीपछि थापालाई पक्राउ गरी हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *