विकासनिर्माणमा प्रदेश सांसद लम्सालको सक्रियताः जोगिटारमा सुविधासम्पन्न हरितगृह पार्कको उद्धघाटन

Featured बागमती प्रदेश

काभ्रेपलाञ्चोकः मण्डन देउपुर नगरपालिका–१० जोगिटारमा सुविधासम्पन्न हरित पार्क सञ्चालनमा आएको छ। पार्क नयाँबर्ष २०७८ को अवसर पारेर बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्सालले उद्धघाटन गरेका हुन।

पार्कको उद्धघाटन गर्दै सांसद लम्सालले विकासनिर्माणमा सबै क्षेत्र र समुदायको समान सहभागिता र प्रतिवद्धता रहनुपर्ने बताए। सांसद लम्सालले आफुले चुनावका समयमा जनतासामु गरेका बाचा पुरा गर्न लागिपरेको बताए। उनले जनताको सुखदुखमा आफु सँधै साथमा नै रहने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रदेश,वन तथा स्थानीय समाजसेवीहरुको सहयोगमा १० रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा १८ लाख लागतमा सम्पन्न भएको हो। पार्कमा चिल्डे«न पार्कदेखि पिकनिक स्पटसम्म रहेका छन। कार्यक्रममा नगरप्रमुख टेक बहादुर वाईवा,उपभोक्ता समिति अध्यक्ष श्याम प्रसाद नेपाल,छिमेकी नगर पाँचखालका नगरप्रमुख महेश खरेल,जिल्ला वन कार्यालय काभ्रेका प्रमुख देवीचन्द्र पोखरेल, डिभिजन वन कार्यालय काठमाडौंका प्रमुख बद्रि कार्की,नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युत पौडेल,नेकपा एमालेका युवा नेता सुर्य बहादुर भेटवाल, लगाायतको उपस्थिथि रहेको थियो।

सांसद लम्सालकै पहलमा चुनावी प्रतिवद्धता अनुसार पाँचखालको तीनपिप्लेमा केहि समयअघि खानेपानी आयोजना सञ्चालनमा आएको थियो। यससँगै काकाकुल अवश्थामा रहेको यस क्षेत्रको बषौँदेखिको खानेपानी समस्या समाधान भएको थियो। लम्सालले हरेक विकासनिर्माण कार्यमा सक्रिय सहभागिता देखाँउदै आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *