गण्डकी विश्वविद्यालयले गर्यो Hult Prize On campus कार्यक्रम सम्पन्न

Featured शिक्षा समाचार

गण्डकी विश्वविद्यालयले शुक्रबार फाल्गुन ११ गते हल्ट prize OnCampus कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ | हल्ट प्राइज गण्डकी विश्वविद्यालयमा आएको प्रथम वर्ष मै रिजनल समिट मा जाने टिमको चयनपनि आजै भएको छ | यस कार्यक्रमले विश्वविद्यालयमा एउटा नयाँ इतिहास रचेको हल्ट प्राइज गण्डकी विश्वविद्यालयका क्याम्पस निर्देशक दृश्य अधिकारीले बताउनु भयो |

कार्यक्रमको प्रमुख अतिथिका रुपमा गण्डकी विश्वविद्यालयका आइटी संकायका संयोजक इ.आर सरोज गिरि, हल्ट प्राइज नेपालका काउन्टी अन क्याम्पस संयोजक दामोदर भुसाल, हल्ट प्राइज नेपालका स्टार्टअप संयोजक सचिन घिमिरे , हल्ट प्राइज नेपालका कन्ट्री डेपुटी क्याम्पस संयोजक किशोर पनेरु , र हल्ट प्राइज फाउन्डेसन अफ नेपालका औपचारिक सामुदायिक निर्माणकर्ता आशिष लामिछानेको आतिथेयतमा कार्यक्रम सुरु भएको हो | साथै साथै निर्णायकमण्डलहरको प्यानल, यार्सा टेकमा इन्जिनियरिङ प्रबन्धक ,प्रशान्त भट्ट , जोनछेन ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक , नुरज बटाजु र पोखरा जाभाका प्रबन्ध निर्देशक तथा तुलसी फूड्स एण्ड बेभरेजका सह-संस्थापक, दिव्या न्यौपाने रहनु भएको थियो| OnCampus कार्यक्रममा ६ टिम प्रतिस्पर्धामा उत्रिएका थिए | आइडिया Pitching Competition लागि हल्ट प्राइजले तोकेको मापदण्ड अनुरुप रहेर ३ निर्णायकमण्डलहरले विजेता टिम चयन भएको छ | टिम सम्बुद्ध (SamBuddha) ले बाकीं ५ प्रतिस्पर्धी टिमलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको छ |

टिम सम्बुद्ध ) मा ४ सदस्यहरु: मन्दीका गुरुङ ,सुमन पौडेल, कट्रिना बस्नेत ,रोशन लामा रहनु भएको थियो | टिम सम्बुद्धको आइडिया उखुको रस निकाले पछि फोहोरकोरुपमा फालिने फाईबरयुक्त फोहोर अर्थात् बगासको प्रयोगबाट विभिन्न थाल,बोटुका, packaging का सामान, कागत जैविक इन्धन बनाउन सकिने रहेका थिए | त्यसै गरि दोस्रो हुन सफल भएको थियो, टिम र्याप (Wrap) |

टिम र्यापमा ५ सदस्यहरु: निराजन ढकाल, जेरुसा लम्साल ,नारायण बस्नेत ,प्रकृति सुवेदी, रक्षा गिरी रहनु भएको थियो | टिम र्यापले एकपटक प्रयोग गरे पछि फाकिने प्लाटिकजन्य फोहोरको उपयोग गरेर सजावटका सामान, झोला, purse, मोजाइक अर्ट, फोनको कवर , गुन्द्री आदि बनाउन सकिने आइडिया प्रस्तुत गरेको थियो | कार्यक्रममा आर्थिक सहयोग, निर्देशन र सहयोगको लागि प्रायोजकहरू Gandaki University, AlfaBeta Education Consultancy, Urja Tech Academy , E-Planet Education Consultancy र XDezo Learning रहेका छन् | साथै निर्णायकमण्डलहरको प्यानल ,कार्यक्रममा आर्थिक सहयोग, सल्लाह र सहयोगको लागि प्रायोजकहरु ,अतिथिहरू, मिडिया साझेदारहरू, सल्लाहकारहरू र कार्लायक्ईरममा उपस्थित सम्पूर्णलाई बहुमूल्य उपस्थिति र समयको लागि धन्यबाद दिदै क्याम्पस निर्देशकले धन्यबाद ब्यक्त गर्नु भयो| आगामी वर्षहरुमा पनि अहिले जसरि नै सक्रिय रहेर हल्ट जस्तो गरिमामय संस्थाका कार्यक्रमहरुलाई अझ थप जोश ,जागर र हौसलाका साथ स्वागत गर्ने बताउनु भयो | OnCampus कार्यक्रम मात्र नभई , प्रथम टिम लाई प्रतिनिधित्तो गर्दै रिजनल समिटभन्दा माथि पनि लिएर जाने प्रतिबद्धता ब्यक्त गर्दै आधिकारिकरुपमा कार्यक्रम सम्पन्न गर्नु भयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *