क्यान महासंघ तनहुँ द्वारा क्यान्सरपीडित पौडेललाई सहयोग, पौडेल द्वारा अझै केहि संस्थाले सहयोग गरे उपचारमा थप राहत मिल्ने आश प्रकट

Featured समाचार समाज

मिति २०७९ साल पुस महिनाको १५ गते शुक्रबारको दिन श्रीटोल ब्यास २ दमौली मा इस्थित गण्डकी डिजिटल मा भएको कम्प्युटर महासंघ नेपाल तनहुँका क्यान्सरपीडित बिरेन्द्र पौडेललाई सहयोग कार्यक्रममा महासंघ तनहुँका अध्यक्ष श्री विश्वप्रकाश भुसालको अध्यक्षता रहेको थियो भने कार्यक्रममा क्यान्सरपीडित पौडेल लगाएत वहाको आफन्त र सहभागी सदस्य साथीहरु उपस्थित हुनु भएको थियो।

क्यान्सरपीडित बिरेन्द्र पौडेल बचाउँ अभियानलाई सहयोग गर्ने उद्देश्यले राखिएको सहयोग हस्तान्तरण कार्यक्रममा क्यान्सर पीडित पौडेल बचाउ अभियानलाई सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। रकम सहयोग गर्नेहरु कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य मनकारी साथीहरू रहनु भएको थियो। सहयोगी साथीहरु द्वारा १५०००/- नगद रकम सहयोग गरिएको थियो। सहयोगको क्रममा पीडित पौडेलले कम्प्युटर एशोसिएसनमा महासंघ तनहुँ लाई बिशेष धन्यवाद दिएका थिए र आफ्नो उपचार को लागी अहिले सम्म उठेको रकम उपचार गर्दा खर्च भइ सकेको र अजै विभिन्न संघ संस्था बाट सहयोग पाए थप उपचार गर्न ठुलो सहयोग हुने बताए भने सहभागी सदस्य साथीहरुले स्वास्थ्यलाभको कामना गर्दै अन्य संस्थाहरुद्वारा आर्थिक सहयोगका लागि अपिल गर्ने वाचा गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *