पोखरा ईन्जिनियरिङ कलेजको ताला खुल्यो, यथाशीघ्र स्ववियु चुनाव हुने

Featured गण्डकी प्रदेश सूचना-प्रविधि

कास्की, १९ मंसिर ।
पोखरा ईन्जिनियरिङ कलेज प्रशासनले आफ्ना जायज मागहरुलाई बेवास्ता गर्दै आलटाल प्रवृति देखाएको भन्दै गत आईतबार बिद्यार्थीहरुले लगाएको ताला मंगलबार खुलेको छ । मंगलबार कलेज प्रशासन, अनेरास्ववियु र अखिल क्रान्तिकारीका बिद्यार्थीहरु बीच भएको त्रिपक्षीय १० बुदे सहमति पश्चात कलेजमा लगाएको ताला खुलेको हो िताला खोले पछी अनेरास्ववियुका बिद्यार्थी नेता किशोर सुबेदीले भने “केहि साथीहरुले स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव पोखरा ईन्जिनियरिङ कलेज असम्भव छ, यस्तो झन्झटमा नलागौ भन्दै हुनुहुन्थ्यो हामि बिद्यार्थीका माग पुरा गराउन तत्पर छौ अनेरास्वबियू जुर्मुरायो भने असम्भव भन्ने शब्दावली कुनै शब्दकोषमा हुदैन र आज यो कुरा हामीले प्रमाणित गर्यौं 
नेविसंघले लागाएको ताला फोडिनु कलेज प्रशासनको कमजोरी रहेको र आईन्दा दिनमा यस्ता गल्ति कमजोरी नदोर्याउने प्रतिबद्धता कलेज प्रशासनले बिद्यार्थीहरु समक्ष ब्यक्त गरेको छ ियसै बीच कलेज प्रशासनमा भएको तोडफोड र प्रशासकको कुर्सि आगजनीबारे नेविसंघले उचित जिम्मेवारी लिदै विज्ञप्ति जारि गरि माफी मागेको छ ियससंगै कलेजमा स्वतन्त्र बिद्यार्थी युनियन स्थापनाको लागि कलेज प्रशासनबाट दुई जना, कलेजमा क्रियाशील सङ्गठनहरुबाट १र१ जना प्रतिनिधि बनाएर पोखरा बिस्वबिध्यालय संग समन्वय गरि यथाशीघ्र स्ववियु चुनावको मिति घोषणा गर्ने सहमति पनि बिद्यार्थीहरु र कलेज प्रशासन बीच भएको छ ि अनियन्त्रित रुपमा छरिएको निर्माण सामग्रीको उचित ब्यबस्थापन, कलेजमा रहेको मल्टिमेडियाको संख्या बृद्दि , ब्यबस्थित पार्किङ र खेलमैदान, लाइब्रेरीको आधुनिकीकरण संगै रहेका पुस्तकहरुको संख्या वृद्धि लगायत विषयमा सहमति भएको कुरा अखिल क्रान्तिकारीका नेता भिष्मराज पौडेलले बताए ।
कलेज प्रशासन र बिध्यार्थिहरुबीच भएको बार्तामा प्रसासनको तर्फबाट सहायक कलेज प्रमुख रोजना जोशी, प्रशासकद्वय चिजकाजी गुरुङ, हिमलाल भुसाल, ईसिय कोअर्डिनेटर, विभागीय प्रमुखहरु लगायतको उपस्थिति थियो भने बिध्यार्थिहरुको तर्फबाट किसोर सुबेदी, बिनय कार्की, भिष्मराज पौडेल, मौसम तिमिल्सिना, मौसम बराल, सुन्दर गिरि, रोशन बास्तोला, राजिब राई, बिराज सुबेदी, बिनायक पुरी लगाएतको उपस्थिति थियो .

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *