स्क्वासका राष्ट्रिय खेलाडी गाहामगरलाई बगनासकाली गाउँपालिकाको सम्मान

खेलकुद समाचार

पोखरा ः पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जुन
गाहामगर (सुशान्त) लाई सम्मान गरेको छ ।पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५
तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरेको हो । गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद
पाठक र प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले ढाकाको टोली, दोसल्ला, नगद राशी तथा सम्मानपत्र अर्पण गरे । सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख सरस्वती चिदीले आगामी दिनमा थप
सफलताका लागि शुभकामना व्यक्त गरिन् । उनले प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण इतिहास रहेको बताउदै अन्य खेलाडीहरुलाई प्रेरणा मिल्ने बताइन् । ।।।हाम्रो
गाउँपालिकाको खेलाडी जो लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण कुरा हो, उनले भनिन्, यहाँहरु जस्तो खेलाडीकै कारण उदीयमान खेलाडीहरुलाई थप प्रोत्सहान मिल्छ । आगामी दिनमा अझ उत्तरोत्तर प्रगतीको कामनासमेत व्यक्त गर्दछु ।’प्रमुख चिदीमगरले स्वस्थ्य शरिरका लागि खेलकुद अपरिहार्य रहेको बताउदै अनुशासनको मर्यादामा रहनसमेत मद्दत पुर्याउने धारणा व्यक्त गरेकी थिइन् ।
पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा टिम इभेन्ट तर्फ सम्मानित गाहामगरले लुम्बिनी प्रदेशको तर्फबाट प्रदेश नम्बर
१ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिम इभेन्टतर्फ लुम्बिनीलाई कास्य पदक दिलाएका थिए । गाहामगर खेलसँगै पत्रकारितामासमेत सक्रिय छन् । उनी पोखराबाट सञ्चालित सुनगाभा
न्यूज डटकममा समाचार प्रमुखका रुपमा कार्यरत छन् भने एबिसी न्यूज
टेलिभिजनका पोखरा संवाददातासमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *