हात्तीको आक्रमणबाट मृत्यु

Featured विशेष समाचार

सप्तरी, ५ माघ  : जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ ।

जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर मण्डलकी श्रीमती कौशल्यादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार गाउँ पसेका हात्तीले उहाँको टाउकामा किचेपछि तत्कालै मृत्यु भएको हो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ ।

 

-(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *