सिर्जनाचोकमा आकाशे पुल

Featured समाचार

पोखरा । पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा राजमार्ग सवारिको चाप तथा पैदलयात्रीलाई बाटो काट्न सहजताको लागि आकाशे पुल निर्माण गरिने भएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्ष ०७५/०७६ भित्र नै काम थाल्ने गरी आकाशे पुल निर्माण गर्ने भएको हो । आकाशे पुल निर्माणको बजेटको लागि इस्टिमेट तयार महानगरले गरिरहेको र आउँदो महिनाभित्रमै टेण्डर सूचना प्रकाशन गर्ने मेयरका स्वकीय सविच लक्ष्मण तिमिल्सिनाले जनाइएका छन् ।सिर्जनाचोकमा आकाशे पुल निर्माण गर्न करिब १ करोड ८० लाख रुपैयाँ र पृथ्वीचोकको पुलको लागि २ करोड ४१ लाख रुपैयाँ प्रस्तावित बजेट तयार गरिएको जानकारी दिए । महानगरले डिजाईन, अध्ययन र निर्माणको लागि यहि आर्थिक बर्षमा १ करोडको बजेट छुट्टाएको छ । पुल निर्माण कार्य पश्चात पोखराको ट्राफिक ब्यबस्थापन मा निकै टेवा पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *