चोरीमा संलग्न ४ जना पक्राउ

समाचार

पर्वत, २४ पौष
पर्वत मोदी गापा वडा न २ पातिचौर स्थित सुविना ढकाल चापागाईको घरमा यहि पाैष ६ गते दराज फोडी चोरी गर्ने ४ जना पक्राऊ परेका छन् ।

उनिहरुले रातिको समयमा ढकालको घरबाट दराज भित्र राखिएको डेढ तोलाको सुनको माला थान १, दुई तोलाको सुनको वाला थान एक, सुनको औठी थान एक, घडी थान दुई, पन्चरत्ने वाला थान दुई, र नगद रु. ६४,०००।– समेत चोरी गरी फरार रहेका पर्वत मोदी गापा वडा न ३ घर भई हाल कास्की वस्ने वर्ष २३ को राजेश विक, जिल्ला रुकुम उत्तरगंगा गापा ४ वस्ने वर्ष २० को वावु वुढा मगर, जिल्ला कास्की पोमनपा १३ वस्ने रन्जु कुमार सुनार र ऐ १७ वस्ने सुन्दर विक गरि ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको बिशेष प्रहरी टोलीले पोखराको विभिन्न स्थानवाट पक्राउ गरेको छ पाैष २० गते पक्राऊ गरेको छ र निजहरुलाई आवश्यक अनुसन्धान पश्चात पाैष २२ गते पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरि कार्यालयका प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *