प्रधानमन्त्रीको शल्यक्रिया गरेपछिको खुसी… (तस्बिरहरू)

Featured राजनीति विशेष समाचार समाज स्वास्थ्य

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल रूपमा सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। सफल शल्यक्रियापश्चात उनको उपचारमा संलग्न चिकित्सक खुसी देखिन्थे। चिकित्सकहरूले अस्पतालको झ्यालबाटै हात हल्लाउँदै अभिवादनसमेत गरे।

प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।

अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो। प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।

हेर्नुस् तस्बिर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *