सिंहदरबारमा मात्र होइन्, गरिबको आगँनमा पनि सांसद

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार समाज

१ असोज, पर्वत । सांसद भनेको सुकिला मुकिला हुन्, शहर र ठूला तारे होटलमा रमाउँछन्, सिंहदरवार पठाएका सांसद फर्केर गाउँ आउन्नन्, भन्ने परिभाषा अहिले फेरिएको छ ।

पहिरो स्थलमा पहिरो पिडित कुर्घाबासीका गुनासो सुन्दै माननीय सांसद पदम गिरी

पर्वतका प्रतिनिधि सभाका सदस्य यति बेला जिल्लाका गाउँ घरका गरिबका भत्किएका झुप्रो र भत्किएका आँगनहरुमा पुगेका छन् । बर्षातका कारण यो बर्ष जिल्लामा निकै ठूलो क्षति पुगेको छ । दुःख देखाउनै भएपनि सांसद गाउँ र बस्तीमा जनताले आइदिओस् भन्ने चाहेका छन् ।

भेटे जतिका बर्षातले क्षति पुराएका बस्तीमा दिन रात नभनी सांसद पुग्ने गरेका छन् । प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ पर्वत जिल्लाबाट निर्वाचित सांसद पदम गिरीको दैनिक अचेल बर्षातले दुःख दिएका गरिबहरुको आगँनमा वित्ने गरेको छ । उनी भन्छन–‘संक्रमणका कारण धेरै भेटघाट नगर्ने भनिएको छ, तर जनता आँखामा आँशु छ, त्यो मैले देख्न सक्दिैन ।’

पहिरोको क्षति तथा अवस्था नियाल्दै माननीय सांसद पदम गिरी

एकै दिन पैदलै गरेर जिल्लाका धेरै बस्तीहरुमा पुग्ने गरेका सांसद गिरीले भन्छन्–‘क्षति भएका सवै वस्ती र घरमा राज्यको तर्फबाट सहयोग त नजुटला तर जनप्रतिनिधि भएका हैसियतले उहाँहरुको दुःखमा साथ दिनु मेरो कर्तब्य हो ।’

यस बर्षको बर्षातले कुश्मा ३ दुर्लुङमा ९ जनाको ज्यान लग्यो । फलेवास ४ मुडिकुवामा १ जनाको ज्यान गयो । यकिन तथ्यांक नभए पनि जिल्ला भरका झण्डै २ सय भन्दा बढि घर उच्च जोखिममा छन् । सांसद गिरी भन्छन्–‘वस्तीहरु स्थानान्तरण गर्नुपर्नेछ ।’ वस्ती स्थानान्तरणको प्रक्रियाका लागि आफूले संघीय सरकारबाट पहल गर्ने भन्दै कतिपय जोखिममा भएका वस्तीहरुमा अझै पनि जनताले बस्न बाध्य रहेको बताए ।

दक्षिणी क्षेत्रको पैयू, विहादी हुँदै उत्तरको मोदी, फलेवास र जलजलासम्मका गाउँहरुमा बर्षातको क्षतिसंग साक्षात्कार गर्न पुगेका उनले जनता निकै दुःख र कष्टमा रहेको बताउँछन् । विपत्तिले धनी र गरिब कसैलाई पनि नछाडन्े भन्दै गरिबहरुको बस्ती र घर पनि जोखिमपूर्ण हुने भएकाले पहिलो लक्षित समुदाय उनीहरु नै भएको सांसद गिरीको भनाई छ ।

फलेवास १० कुर्घा काे पहिरो स्थलमा नै निरीक्षणको क्रममा अघि बढदै माननी सांसद पदम गिरी

बुधवार मात्रै सांसद गिरीले फलेवास नगरपालिकाका कुर्घा, लिमिठाना, खानीगाउँ, शंकरपोखरी, मुडिकुवा लगाएतका बस्तीहरुमा पुगि बर्षातको क्षतिको निरिक्षण गरेका छन् । गाउँमा विकास योजनाहरु कार्यान्वयन गर्दा निर्माण गरिएका सडक, साना र कच्चि सिंचाई नहरहरुका कारण पनि पहिरो र बाढिको जोखिम बढेको गिरीको निश्कर्ष छ ।

यस बर्ष औसतमा बर्षात उच्च भएकाले पनि धेरै बस्तीहरुमा धाजा फाटेको, पहिरोको प्रकोप बढेको उनले बताए । गिरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित सांसद हुन् । उनी नेकपा पर्वतका जिल्ला पार्टी अध्यक्ष समेत हुन् ।

Source : Parbat News

Leave a Reply

Your email address will not be published. Required fields are marked *