सफल अप्रेशन, प्रम अ‌ाेलीलाई पुनर्जीवन, नवजीवन

Featured राजनीति विशेष समाज स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यरोपण सफल भएको छ डाक्टरहरुले बताएका छन् । बिहान १० बजेदेखि प्रधानमन्त्री अ‌ाेलीको मृगौला प्रत्यरोपणका लागि शल्यक्रिया गरिएकाे थियाे । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएकाे शल्यक्रिया पछि प्रधानमन्त्री अ‌ाेलीले नवजीवन पाएका छन् ।

उनकाे नयाँ मृगौलाले काम गर्न थालेकाे डाक्टरहरुले बताएका छन् । प्रधानमन्त्री अ‌ाेलीलाई नातेदार समीक्षा संग्रौलाले मृगौला महादान गरेकी हुन् । उनकाे स्वास्थ्य अवस्था पनि राम्राे रहेकाे अस्पताल स्राेतले बताएकाे छ । डाक्टरहरुले सफल प्रत्यराेपणकाे अ‌ाैपचारिक घाेषणा भने गर्न बाँकी छ । तर, डाक्टरहरुले बताए अनुसार नयाँ मृगाैला प्रधानमन्त्रीकाे शरीरमा ‘फिट’ भइसकेकाे छ । प्रधानमन्त्रीले पिसाब गरेकाे हुनाले अप्रेशन सफल भएकाे सुनिश्चत देखिएकाे हाे- डाक्टरहरुकाे भनाई छ ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक मृगाैला प्रत्यरोपण गरिएको हो । पहिलोपटक उनले १२ वर्षअघि भारतमा मृगाैला प्रत्यरोपण गराएका थिए ।

अहिले अस्पताल परिसरमा सयाैं शुभेच्छुकहरुले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । प्रधानमन्त्रीलाई अरु केही दिन अस्पतालमै राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *