शक्तिशाली भूकम्प आउँछ भन्दै भ्रम फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

Featured विशेष समाचार समाज

काठमाण्डाै – जेठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै युवा ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलाबेला विभिन्न विवादमा पर्दै आएका ज्योतिष क्षेत्रीलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार गौशालाबाट पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनको यस्तो भ्रमात्मक भविष्यवाणीले सर्वसाधारणलाई त्रशित पारेको भन्दै उनलाई पक्राउ गरेको बोगटीले बताउनुभयो ।

ज्याेतिष क्षेत्री पछिल्लाे पटक विभिन्न विषयमा भविष्यवाणी गरेर मिडियामा छाइरहेका थिए । प्राकृतिक विपदबारे आम मानिसमा भ्रम सिर्जना गरेकोले ज्योतिष क्षेत्रीमाथि फौजदारी अभियोगको आरोप लागेको प्रवक्ता बाेगटीको भनाइ छ ।

हेर्नुहोस उनले विनाशकारी भूकम्प आउँछ भनेको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *