चोरी गरी नम्बर प्लेट परिवर्तन गरिएको मोटरसाईकल सहित ४ जना पक्राउ:

Featured समाचार

 चैत्र ३ , सिन्धुपालचाेक

इ.प्र.का. जलविरे र प्र.चौ. तेम्वाथानबाट  खटिएको  संयुक्त प्रहरी टोलीले गरेको चेकजाँचको क्रममा जि.सि.पा. जुगल गा.पा.वडा नं. ५ ढाडे स्थित शंकास्पद मोटरसाईकल फेला पारी निम्न ४ जना व्यक्ति चालक सहित र मो.सा नियन्त्रणमा लिई सोधपुछको क्रममा उक्त मोटरसाईकल का.जि.का.म.न.पा. वडा नं ८ पशुपति स्थित पार्किङ स्थलबाट चोरी गरि ल्याएको उक्त मोटरसाइकलको ईन्जिन नं 7-906*12647*च्यासिस नं MD2JUCYJXHC006948 भएको र  बा ९२ प ९६९ नम्बरको २०० सि.सि.को कालो रंगको KTM DUKE मोटरसाइकललाई नम्बर प्लेट परिवर्तन गरी बा ९८ प ५३२५ नम्बर बनाई चोरी ल्याएको भनी खुल्न आएको हुँदा चोरीमा संलग्न ४ जना मानिस र बरामद मोटरसाईकल आज मिति २०७५/१२/०२  गते  महानगरिय प्रहरी बृत गौशाल महाराजगञ्ज काठमाण्डौमा थप अनुसन्धानको लागी पठाईएको साथै  चोरीका मोटरसाईकलहरु जिल्लामा अरु पनि हुन सक्ने सूचना प्राप्त भएकोले चोरीका मोटरसाईकलहरु पक्राउ गर्ने कार्यमा सक्रियता बढाईएको  ।

 

जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. ४ बस्ने वर्ष ३९ को अम्मर सापकोटा

जिल्ला दोलखा सिङटी बस्ने वर्ष २१ को सुजन गुरूङ

जिल्ला दोलखा नामदु गा.पा. बस्ने वर्ष २० विनोद गहतराज

जिल्ला दोलखा भिमेश्वर न.पा. १ बस्ने वर्ष १९ को विशाल तामाङ

चोरीमा संलग्न ४ जना  लार्इ     महानगरिय प्रहरी बृत गौशाल महाराजगञ्ज काठमाण्डौमा थप अनुसन्धानको लागी पठाईएको सूचना अधिकारी:- प्र.ना.उ. माधव प्रसाद काफ्ले जानकारि दिनुभयाे।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *