दुर्लभ_रक्तदाताहरु_बिच_अन्तरक्रिया_कार्यक्रम साईमन पार्टी प्यालेस, सृजनाचोक, पोखरामा सम्पन्न भयो।

Featured समाचार स्वास्थ्य

नेपाल रेडक्रस सोसाइटी,कास्की क्षेत्रिय रक्तसंचार सेवा, पोखराद्वारा आयोजित #दुर्लभ_रक्तदाताहरु_बिच_अन्तरक्रिया_कार्यक्रम साईमन पार्टी प्यालेस, सृजनाचोक, पोखरामा सम्पन्न भयो।

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला सदस्य एवं आकस्मिक रक्तदान युनिटका एड्मिन हरिश चन्द्र शर्माले उपस्थित सम्पुर्ण रक्तदाताहरुलाई सात शब्दमा रक्तदान प्रती प्रतिबद्ध रहन सपथ खुवाउनुका साथै राष्ट्रिय गानद्वारा कार्यक्रम सुरु गराउनु भएको थियो।
कार्यक्रममा डण्डराज पौडेल, कृश्न तिमिल्सिना, हरिश चन्द्र शर्मा, अर्जुन ज्ञवाली,ध्रुब लामिछाने, आरजु बिष्ट सल्यानी, किसान परियार, जितेन्द्रमान शाक्य, अशोक रन्जित, महेश्वर अधिकारी लगायतका ब्यक्तिले रगतको मह्त्व बारे प्रकाश पार्नु भएको थियो।

दारी ग्याङ पोखराबाट प्रतिनिधित्व गर्दै अभिमन्यु बिक्रम पाण्डेले डिजी डोनर एपको महत्व बारे चर्चा गर्नु भएको थियो। साथै दारी ग्याङ पोखरा तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका प्रतिनिधि बिरेन्द्र पराजुलीद्वारा रगत र रक्तदानमा स्वयंसेवकलाई एक दिवसिय ओरेन्टेसन अहिलेको आबस्यकता भन्ने बारे बिचार राख्नु भएको थियो।

हाल सम्मको ब्लड बैंकको गतिबिधी साथै आउदा दिनहरुमा अझै रक्तदानमा सहजीकरण गर्न भाटभटेनी सुपर मार्टसङ्ग पनि ए सी रुममा रक्तदान गर्न सकिने बाताबरण मिलाउदै गरेको र रोटरी पब्लिक क्लबको सहयोगमा भ्यान भित्रै रक्तदान गर्न सकिने र उक्त भ्यान चाडै उपलब्ध हुने कुरा उल्लेख गरिएको थियो। साथै आजको अन्तरकृया कार्यक्रमबाट सात सदस्यीय दुर्लभ रक्त समुहका रक्तदाताहरुको संयोजन समिती निम्न बमोजिम तय गरिएको छ।

रक्त समुह संयोजक: नाम: फोन नम्बर:

ए नेगेटिभ सागर पौडेल ९८४६५९३७८२
बि नेगेटिभ नेत्र ढकाल ९८५६०२०२३४
ए बि नेगेटिभ श्रीधर आचार्य ९८४६०४७७५६
ओ नेगेटिभ उमेश शाह ९८०८३२८७७९
दारी ग्याङ बिरेन्द्र पराजुली ९८५६०३५३९५
रक्तसन्चार सयोजक यमुना के. सी ९८४६८५९९४०
उपशाखा प्रमुख किसान परियार ९८५६०४२८१०

कुल ७४ जना उपस्थित रहेको उक्त कार्यक्रम सफल्ता पुर्वक सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *