प्रचण्ड समूहले प्रतिगामी शक्ति सँग सहकार्य गरेर मुलुकलाई बन्धक बनाउने प्रयास गरे-पदम गिरी

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार समाज

२०७७ माघ १७, काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी, नेकपाको विवाद बढ्दै जादा समुहगत रूपमा कार्यकर्ता भेला तथा प्रशिक्षणका कामले तिव्रता पाएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा पर्वत-काठमाडौं सम्पर्क मञ्चले पनि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व मन्त्री एवम् नेकपा नेता महेश बस्नेतज्युको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा नेकपा,पर्वत जिल्ला कमिटिका अध्यक्ष एवम् निवर्तमान सांसद पदम गिरी, गण्डकी प्रदेशका माननीय मन्त्री विकास लम्साल लगायत पर्वतमा घर भई काठमाडौंलाई कर्म थलो बनाएका नेता तथा कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा पर्वतका अध्यक्ष पदम गिरीले केपी शर्मा ओली नेतृत्वको सरकारले थुप्रै राम्रा र जनपक्षीय काम गरेको भए पनि त्यस कुराहरूलाई जनता सामु स्थापित गर्न नसकिएको कुरा बताउनु भयो । वर्तमान सरकारले विभिन्न पृथकतावादी पक्षहरूलाई मिलाएर राजनीतिको मुल प्रवाहमा समाहित गराउने काम गरेको, १२ वर्ष अगाडि जनतालाई ज्युदै ईट्टा भट्टीमा हाल्ने अपराधीहरू र दिप बस्नेत, विजयकुमार गच्छदार जस्ता भ्रष्टाचारीलाई कानुनको कठ्ठाघरामा ल्याउने कामगरेको भन्दै वर्तमान सरकारले जनपक्षीय काम गर्दै जनताको उत्साह बढाउने काम गरेको बताउनु भयो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पारवहन संझौता, कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश नक्सा छाप्ने काम, ढलेको धरहरा उठाउने काम, भत्केको रानीपोखरी बनाउने काम, रेल ल्याउने काम, मुलुकलाई सुरूङ मार्गमा प्रवेश गराउने काम गरेको भन्दै यस्ता कामले देशको गरिमा र स्वाभिमान बढाएको कुरामा जोड दिनु भयो ।
कोरोनाको महामारीलाई सरकारले न्यून क्षतिमा व्यवस्थापन गरेको भन्दै विकाशीत राष्ट्रमा समेत नपाईएको कोभिड भ्याक्सिन देशै भरि एकसाथ सबै जिल्लामा पुर्‍याउने ऐतिहासिक काम गरेको भन्दै यस्ता कामबाट अत्तालिएर केपी शर्मा ओलीको थप उचाइ बढने डरले पार्टी नेतृत्वले कहिले पनि प्रचारप्रसार नगरेको आरोप लगाउनु भयो । नेपाल भित्रका दुरदराजका जनताको स्वास्थ्यको संवेदनशीलता हेरेर एक पालिका एक अस्पताल निर्माणको काम र दुरदराजकै प्रसव पिडामा परेको गर्भवती दिदीबहिनीहरूलाई हेलिकप्टरबाट उद्धार गरि अस्पताल पुर्‍याउने काम गरेकाले यस्ता कामले हाल नागरिक समाजको खोल ओडेर सरकारको विरोध गर्नेलाई गिज्याई रहेको बताउनु भयो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सम्पुर्ण कामहरूलाई जनता सामु बुझाउन सबै जागरुक भएर लाग्नु पर्ने भन्दै माधव-प्रचण्ड समुहले जुनसुकै प्रतिगामी शक्तिहरूसँग सहकार्य गरेर मुलुक बन्धक बनाउने प्रयासले अहिलेको विवादको परिस्थिति निर्माण भएको बताउनु भयो ।

Video :

https://www.facebook.com/100022919766094/videos/906577400116244

Leave a Reply

Your email address will not be published. Required fields are marked *