महानगरमा मेलमिलापकर्ता मार्फत विवाद समाधानको प्रक्रिया सुरु

Featured गण्डकी प्रदेश पर्यटन समाज

पोखरा १९ मंसिर । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले न्यायीक समिति गठन भएका छन् । नेपालको संविधानले नै स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तिन सदस्यीय न्यायिक समितिको ब्यवस्था गरेको छ । सम्वन्ध विच्छेद, घर भाडा सम्वन्धि, साँध सिमाना मिचिएको, गाईभैसीले बाली नोक्सान गरेको लगायत ११ वटा विवादलाई मेलमिलाप मार्फत समाधान गर्ने जिम्मेवारी न्यायिक समितिलाई छ ।
न्यायिक समितिले मेलमिलाप बाहेक गराउने र विवादलाई स्थानीय तहमै समाधान गर्ने हो । पोखरा महानगरपालिकाले मेलमिलापकर्ता मार्फत विवाद समाधानको प्रक्रिया सुरु गरेको छ । गत चैतमा पूर्णता पाएको पोखरा महानगरको न्यायिक समितिले आफनो काममा तिव्रता दिएको छ । न्यायिक समिति गठन, कार्यविधि लगायतका काममा ढिला हुदाँ समितिले काम गर्न सकेको थिएन् । तर पछिल्लो समय समितिको काममा तिव्रता आएको छ । समितिले इजलास गठन, मेलमिलापकर्ताको सुचिकृत, छनोट, मेलमिलाप कक्ष निर्माण सम्पन्न गरेको छ ।
पोखरा महानगरको न्यायिक समितिले मेलमिलापकर्ताको सुचिकृत र छनोट लगत्तै महानगरमा आएका विवाद मेलमिलापकर्ता मार्फत मिलाउने प्रक्रिया सुरु गरेको छ । अहिलेसम्म न्यायिक समितिले पक्ष र विपक्षलाई छलफलमा बोलाउने र मेलमिलाप गराउदै आएकोमा बुधबारबाट विवादलाई मेलमिलापकर्ता माफत समाधानको प्रक्रिया सुरु गरेको छ । पोखरा महानगरका उपप्रमुख एवं न्यायिक संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप मार्फत पक्ष र विपक्ष दुवैलाई मिलाउने जिम्मा मेलमिलापकर्तालाई दिइएको बताइन् । अव मेलमिलापककर्ताले पक्ष र विपक्षको छलफलका आधारमा आउने निष्कर्षलाई समितिले निर्णय दिने छ उनले भनिन्,‘न्यायिक समितिको काम मेलमिलाप गराउदै समाजलाई विवादमुक्त बनाउने हो ।’
महानगरमा परेका विवाद समाधान गर्न महानगरमा ७८ जना मेलमिलापकर्ता सुचिकृत गरिएको जानकारी दिदै गुरुङ भनिन, ‘समितिले ७८ जना मेलमिलापकर्ता सुचिकृत गरेको छ र उनीको तस्विर सहिति नाम, नम्वर र ठेगाना उल्लेख गरेर सवैले देख्ने ठाँउमा राखेका छौ ।’ गुरुङका अनुसार विवादका पक्ष र विपक्ष आफैले ब्यक्ति छनोट समितिलाई जानकारी गराउने छन् । त्यसपछि समितिले विवादलाई मेलमिलाप गराउने पत्र थमाउने छ गुरुङले भनिन्,‘त्यसपछि मेलमिलाप गराउने काम मेलमिलापकर्ताहरुले गर्नुहुन्छ ।’ मेलमिलापकर्ताको छनोटले विवाद समाधानमा सहज हुने न्यायिक समितिका सदस्य किशोर बरालले बताए । ‘समाजमा हुने विवाद मेलमिलाप मार्फत समाधान गर्नु राम्रो हो ।’
एउटै वडामा बस्ने ब्यक्तिहरु विभिन्न कारणले विवाद उत्पन्न हुन्छ तर त्यसलाई मेलमिलापको माध्यमबाट समाधान गर्दा समाजमा मिलेर बस्ने वातावरण बन्छ अर्की न्यायिक समिति सदस्य पार्वती कार्कीले भनिन्, ‘छिमेकीहरु सधै चाहिन्छ, सामान्य विवादले मुखै बाराबार गर्ने अवस्थाको अन्त्यमा गदै समाजमा मेलमिलाप गराउन न्यायिक समितिको भुमिका महत्वपूर्ण हुने छ ।’ पोखरा महानगरपालिकाले न्यायको पहुँच घर घरमा पु¥याउँन उद्देश्यले लिएको छ । मेलमिलापकर्ता छनोट गरेको छ ।। स्थानीय तहमा अझै पनि न्यायीक समितिले काम थाल्न सकेका छैनन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्षपछि महानगरको न्यायिक समितिले गति लिएको छ । महागनरले उजुरी प्रशासक र अभिलेख प्रशाकको ब्यवस्था समेत गरेको छ ।
तस्विर पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *