मन्त्रिपरिषदबाट भएका निर्णयहरु सार्वजनिक

विशेष समाचार

२०७५ साल मंसिर १७ गते सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निम्न निर्णय गरेको छ–
१. सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई Universal Peace Federation बाट Leadership and Good Governance Awardसहित प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबर रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना गर्ने निर्णय गरिएको छ ।
२. पोल्यान्ड सरकारद्वारा राष्ट्रसंघीय संरचना महासन्धी अन्तर्गतका पक्षराष्ट्रहरूको २४ औं सम्मेलनमा Declaration गर्ने प्रस्ताव Solidarity and Just Transition Silesia Declaration अनुमोदन गर्ने निर्णय गरिएको छ ।
३. महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्राहलय बनाउने निर्णय गरिएको छ ।
४. पुथा उत्तरगंगा गाउँपालिका, रुकुम (पूर्वी रुकुम) को केन्द्र साबिक कोल गाविसको कार्यालयबाट परिवर्तन गरी तक्सेरामा कायम गरिएको छ ।
५. नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ । त्यस्तै हुलाक सेवा सम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र पनि स्वीकृत गरिएको छ ।
६. नेपाल दुरसञ्चार कम्पनी लिमिडेटको प्रवन्ध निर्देशक पदमा नियुक्ति सिफारिस गर्न तीन सदस्य छनौट समिति गठन गर्ने निर्णय गरिएको छ ।
७. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रमेशकुमार पोखरेल, विराटनगर–५, मोरङलाई नियुक्त गरिएको छ ।
८. नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी, वीरगञ्जको जग्गा मुआब्जा विवाद समाधान गर्नका लागि भन्सार स्थापना गर्दा विस्थापित भएर घरवारविहिन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रूपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।

source: gokulbaskota.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *