काभ्रेपलान्चोकमा अवैध भट्टा सञ्चालन गर्नै सम्झौता प्रति आपत्ति

बागमती प्रदेश समाचार स्वास्थ्य

 

प्रेस विज्ञप्ति
आदरणीय काभ्रेपलान्चोक जिल्ला बासि दाजु भाइ दिदि बहिनिहरु,

आज जिल्ला समन्वय समिति काभ्रेमा पत्रकार सम्मेलन गरी गरिएको संझौताको हामी घोर विरोध र भत्र्सना गर्दछौ । जनताको स्वास्थ्य भन्दा ठूलो उद्योग र व्यापार हुँदैन । अझ नियम र कानूनलाई खिल्ली उडाई संचालित अवैध उद्योगहरुसँग निर्वाचित जन प्रतिनीधिहरु लत्रिनु आफैमा दुखद् र लज्जाको विषय हो ।
कार्वानको जालोभित्र जनता रहन सक्दैनन् भनेर नेपाल सरकारका प्रवक्ता एवं संचार प्रविधि मन्त्री गोकुल वास्कोटाले निर्देशन दिंदा समेत उक्त निर्देशन, प्रदेश सांसाद लक्ष्मण लम्सालले प्रदेश संसदमा उठाएको मुद्दा विरुद्घ निर्णय आउनुले दालमा कुछ कालो छ भन्ने स्पष्ट हुन्छ ।
हामीलाई विश्वास थियो काभ्रेका अवैध भट्टा हटाउने कामको सुरुवात नमोवुद्घबाट सुरु हुने छ । जनताको अपार आशालाई यो निर्णयले तुषारापात गरेको छ । अब यो सँगसँगै जिल्लाका अन्यत्र विद्याळय सगै , वस्ति सगै मन्दिर, पोखरी कुवा, बाटो नदि, जगल घनावस्ति सगै जोडियर संचालित अवैध र मापदण्ड विपरित भट्टाका साहुँहरुले सबै स्थानिय निकायलाई विस्तारै गाल्दै लाने र अन्यत्र पनि अवैध भट्टाहरु संचालन गर्ने नजिर बसाल्न खोजिदैछ ।
हामी यस खाले घटनाको घोर भत्र्सना गर्न चाहान्छौ । एक बर्ष भट्टा चलाउन दिने सहमतिमा व्यापारीहरुलाई राम्रै मुनाफा होला, वार्ता टोलिहरुलाई राम्रै छ्याकन पनि मिल्ला तर आम काभ्रेपलान्चोकका जनताहरुले बर्षदिन सम्म धुँवा र धुलो खाएको क्षती पूर्ती कस्ले दिने ? जवाफ छ नमोवुद्घ नगरपालिका र जिल्ला समव्न्वय समिति सँग? हामी जनताको स्वास्थ्य र कानूनको बर्खिलाप गरिएको कुनैपनि निर्णय तत्काल संच्याउन र अवैध भट्टाहरु तुरुन्त बन्द गर्न आव्हान गर्न चाहान्छौ । जनता विरोधी हर्कतहरु जारी रही रहे आन्दोलनको आँधि वेरीबाट सबै पाखा लाग्ने निश्चित छन् । निर्णय नसच्याए आन्दोलनको पनि विकल्प छैन । कानूनको धज्जी उडाउने कुनै पनि निर्णय हामीलाई स्विकार्य छैन । हामी त्यो दिनको सामान गर्न चुनौती दिन चाहान्छौ ।—-
संयोजक —
सुर्य बहादुर भेट्वाल
काभ्रेपलान्चोक पर्यावरण बचाउ अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *