बिमान खरिद प्रक्रियामा भएको अनियमितता बारेमा आफूलाई थाहा नभएको मन्त्री अधिकारीको भनाई

Featured विशेष समाचार

काठमाण्डु, १० पौष ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले महालेखा परीक्षकसँग छलफल गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरेको स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधीसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उहाले महालेखा परीक्षक कार्यालयले जहाज ल्याएपछि छलफल गर्ने भनेपछि भुक्तानी दिएर जहाज ल्याएको बताउनुभएको हो ।मन्त्री अधिकारीले बिमान खरिद प्रक्रियामा भएको अनियमितताको बारेमा आफूलाई थाहा नभएको भन्दै दोषी पाइए कारवाही गर्ने बताउनुभयो । वाइड बडीको स्वामित्व नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष कै रहेको भन्दै उहाले उनीहरुको अनुमति बिना बेच्न वा भाडामा लगाउन नपाईने जिकिर गर्नुभयो । जहाजका बारेमा पनि निकै टिका टिप्पणी भएको भन्दै उहाले नयाँ जहाज नै निगमले खरिद गरेको स्पष्ट पार्नुभयो ।
उहाले नेपाल एयरलाइन्सलाई युरोपियन युनियनले कालो सूचिमा राख्नु न्यायोचित नभएको भन्दै कालो सूचिबाट हटाउन पहल भइरहेको जानकारी दिनुभयो । बैठकमा पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले जहाजको दर्ता र हाइफ्लाइटबारे आफूलाई थाहा नभएको जवाफ दिनुभयो ।समिति सदस्यहरुले महालेखा परीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन विपरीत भएको ठहर गरेको भन्दै किन जहाजको किस्ता रकम भुक्तानी दिएको भनेर मन्त्रीलाई प्रश्न गरेका थिए ।
वाइड बडी खरिदमा भएको अनियमितताबारे बैठकमा समिति सदस्यहरुले प्रश्न गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *