गण्डकी प्रदेश स्तरीय आपुर्ती अनुगमन समितिको पहिलो बैठक सम्पन्न

समाचार

१७ चैत,पाेखरा 

कोरोना भाइरस संक्रमणको असहज परिस्थितिमा दैनिक अत्यावश्यक  पभोग्य बस्तुको सहज आपूर्ति, मूल्य र गुणस्तर सम्वन्धि कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्न  उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्साल संयोजक र भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा सह संयोजक रहेको गण्डकी प्रदेश स्तरीय आपुर्ती अनुगमन समितिको पहिलो बैठक मन्त्री लम्सालको संयोजकत्वमा आज सम्पन्न भयो

बैठकका निर्णयहरुः
1. कार्य जिम्मेवारी तोकिएको सम्वन्धमाः
प्रदेश स्तरिय आपूर्ति अनुगमन समिति, जिल्लास्तरिय आपूर्ति अनुगमन समिति र स्थानीय तह
स्तरिय आपूर्ति अनुगमन समितिको कार्य जिम्मेवारी सम्वन्धमा निम्नानुसार हुने निर्णय गरियो ।
1. प्रदेश स्तरीय आपूर्ति अनुगमन समितिको कार्य जिम्मेवारीः
 मोबाइल एप्सको प्रयोग गरी घरपरिवार र स्थानीय तह स्तरको मागको विवरण
संकलन गर्ने ।
 मन्त्रालयस्तरमा वाणिज्य तथा आपुर्ति महाशाखाको नेतृत्वमा २/२ जना रहेको ९
वटा Task Force बनाएर स्थानीयतहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र
प्रशासकीय अधिकृत संग सम्पर्क गरी विवरणहरु संकलन गर्ने ।
 माग भई आएका अत्यावस्यक बस्तुहरुको वितरणको उपयुक्त विधि (आपुर्ति र ढुवानी
समेत) तय गर्ने ।
 अत्यावस्यक बस्तुहरुको मौज्दात संकलन गर्ने ।
 प्रदेश बाहिरबाट आयात गर्नुपर्ने आवश्यक वस्तु प्रदेशमा भित्र्याउने ।
 दैनिक अत्यावश्यक उपभोग्य वस्तुको कालोबजारी तथा अभाव हुन नदिन अनुगमन
व्यवस्था प्रभावकारी बनाउने ।
 मानव स्वास्थ्यमा हानी पुर्‍याउने, गुणस्तरहिन मालवस्तु, खाद्यान्न तथा म्याद
नाघेका औषधि नष्ट गराउन आवश्यक प्रवन्ध मिलाउने।
 लक्षित वर्ग (सडक वालवालिका र दैनिक ज्यालामा कामगर्ने कामदार, क्वारेन्टाइनमा
बसेका र आर्थिक रुपमा आफै किनेर खाने क्षमता नभएका) (Needy People) आदी
लाई दिनुपर्ने राहत प्याकेज सम्बन्धि गृहकार्य गर्ने ।
 कुनै व्यक्ति वा संस्थाबाट प्राप्त खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु संकलन
गर्ने र प्रदेश सरकारको निर्णय अनुसार वितरण गर्ने ।
2. जिल्ला स्तरीय आपुर्ति अनुगमन समितिको कार्य जिम्मेवारीः
 अत्यावस्यक वस्तुहरुको स्थानीय तथा जिल्ला स्तरको मौज्दात र मागको विवरण
सुचना प्राप्त गरेको ५ दिन भित्र प्रदेश स्तरीय समितिमा पठाउने ।
 प्रदेश स्तरीय आपुर्ति अनुगमन समितिले तय गरेको अत्यावश्यक वस्तुहरुको वितरण
(आपुर्ति र ढुवानी) र अनुगमनको लागि सहजिकरण गर्ने ।
 अत्यावश्यक उपभोग्य बस्तुहरुको सहज आपूर्तिका लागि बजार प्रकृया नियमित र
सुचारु बनाउन बजार अनुगमनलाई प्रभावकारी बनाउने ।
 संघिय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुबाट यस सम्वन्धमा जिल्लाभित्र हुने
कामकारवाहीको समन्वय गर्ने र सो सम्वन्धि सूचना प्रदेश सरकारलाई दिने ।
 कुनै व्यक्ति वा संस्थाबाट प्राप्त खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु संकलन
गरी वितरण गर्ने र सो को जानकारी प्रदेश सरकारलाई दिने ।

3. स्थानीय तहस्तरीय आपुर्ति अनुगमन समितिको कार्य जिम्मेवारीः

 प्रदेश स्तरीय र जिल्ला स्तरीय आपुर्ति अनुगमन समितिले माग गरेको तथ्याङ्कको
विवरण मन्त्रालयले उपलब्ध गराएको ढाँचा/एप्समा संकलन गरी उपलब्ध गराउने

 प्रदेश स्तरीय आपुर्ति अनुगमन समितिले तय गरेको अत्यावश्यक वस्तुहरुको वितरण
(आपुर्ति र ढुवानी) र अनुगमन गर्ने ।
 कुनै व्यक्ति वा संस्थाबाट प्राप्त खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु संकलन
गरी वितरण गर्ने र सो को जानकारी प्रदेश सरकारलाई दिने ।
 दुध, अण्डा, मासु, पशुपंक्षिको दाना, ग्याँस, पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था
सहजीकरण गर्ने ।
 कोरोना संक्रमण (Covid 19) को बारेमा जनचेतना तथा राहतका कार्यक्रमहरु
संचालन गर्ने ।
 PPE, मास्क, सेनिटाईजर, साबुन, थर्मोमिटर, पन्जा प्रत्येक स्थानीय तहमा मागका
आधारमा उपलब्ध गराउन सहजीकरण गरिनेछ ।

2. तत्काल गर्ने कार्यहरुका सम्वन्धमाः
 अत्यावश्यक वस्तुहरुको माग संकलन र वितरण प्रणालीका सन्दर्भमा सवै जिल्लास्तरिय आपूर्ति
अनुगमन समिति र स्थानीय तह स्तरिय आपूर्ति अनुगमन समितिले अत्यावश्यक बस्तुको मागको
संकलन ५ दिनभित्र यस मन्त्रालयमा पेश गर्ने । साथै मोवाईल एप्सको प्रयोग गरी आम
जनसमुदायमा प्रचार प्रसार गरी मागको संकलन गर्ने । संकलित माग बमोजिमको आपूर्ति गर्न
"सहज खाद्य प्याकेज" जिल्ला स्तरिय उद्योग वाणिज्य संघ र ठूलो क्षमतामा आपूर्ति गर्न सक्ने
आधिकारीक आपूर्तिकर्तालाई मात्र होम डेलिभरी गर्न जिल्ला अनुगमन समितिले अनुमति दिने ।
"सहज खाद्य प्याकेज" संलग्न अनुसूची बमोजिम हुनेछ ।
 अत्यावश्यक बस्तुहरुको मौज्दातको विवरण सम्वन्धित जिल्लाका जिल्ला अनुगमन समिति
मार्फत संकलन गर्ने ।
 कुनै व्यक्ति वा संस्थाबाट प्राप्त खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु संकलन गर्ने र
स्थानीय तहबाट प्रदेश सरकारको निर्णय अनुसार वितरण गर्ने ।
 बाहिरबाट प्रदेश भित्र आयात हुने अत्यावश्यक बस्तुहरुको आपूर्तिमा समस्या उत्पन्न भएमा
मन्त्रालयले आपूर्ति व्यवस्था सहज गर्न आवश्यक सहयोग र समन्वय गर्ने ।
 दैनिक उपभोग्य बस्तुको आवश्यकता भएका (Needy People) हरुको तथ्याङ्क स्थानीय
तहबाट संकलन गरी सो को विवरण उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाउने ।
 कोरोना संक्रमण (Covid 19) को बारेमा जनचेतना तथा राहतका कार्यक्रमहरु संचालन गर्ने
गराउने ।
3. सूचना संकलन, प्रवाह र अभिलेखीकरण गर्ने सन्दर्भमाः
 सम्पादित कार्य तथा उपलब्धी र कार्य प्रकृयासंग सम्वन्धित सूचनाको प्रवाह उद्योग, पर्यटन, वन
तथा वातावरण मन्त्रालयका प्रवक्ता (नारायण आचार्यः ९८५१०४७१७३) र सूचना अधिकारी
(शिव परियारः ९८५७६२४१११) मार्फत मात्र प्रवाह गर्ने ।
 अभिलेख संग्रह गर्ने सन्दर्भमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको
वाणिज्य तथा आपूर्ति महाशाखामा अभिलेख संग्रह गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *