अस्पत्तालका स्वास्थ्यकर्मी बसेका होस्टलमै र्दुव्यवहार !

विशेष

काठमाडौं । निजामति कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मीलाई आफ्नो टोलमा क्वारेन्टाइनमा राखेको भन्दै काठमाडौं महानगरपालिका वडा नं ३१ का स्थानीयले विरोध गरेका छन्।

अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको भन्दै उनीहरुले शनिबार बिहान हुल हुज्जत गरी विरोध गरेका हुन्। अस्पतालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयनमा मध्य बानेश्वर मिलनचोकमा रहेको एक होस्टलमा आफ्ना २५र३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको छ। त्यहाँ क्वारेन्टाइनमा भएका कुनै पनि कर्मचारी कोरोना संक्रमित नभएको अस्पतालका निमित्त प्रशासकिय अधिकृत सुदिप चन्द्र दहालले बताए।

अस्पतालमा ड्युटी गर्न सजिलो र नजिक हुने भएकाले उनीहरुलाई मध्य बानेश्वरको एक होस्टेलमा क्वारेन्टाइनमा राखिएको उनले बताए। स्थानीयले अनावश्यक रुपमा विरोध गर्दा स्वास्थ्यकर्मीलाई मानसिक तनाव हुने उनले बताए।

उनले भने, ‘उहाँहरुलाई घर जान अप्ठ्यारो हुने भएकाले अस्पताल नजिकैको ठाउँमा हामीले क्वारेन्टाइनको व्यवस्था मिलाएका हौं। उहाँहरु कोही पनि संक्रमित हुनु हुन्न। तर स्थानीयले बुझ्दै नबुझी विरोध गरे।’

स्थानीयको विरोधले स्वास्थ्यकर्मीहरुकौ मनोबल र हौसलामा कमी आउने उनले बताए। स्थानीयले सधै विरोध मात्र गरे कोरोनाको नियन्त्रण र उपचारमा प्रभाव पर्ने उनको भनाई छ।

‘भोली उनीहरु बिरामी भयो भने कसले उपचार गर्ने ? हौसला दिनुपर्ने बेलामा यसरी विरोध मात्र गर्ने हो भने कोरोनाको उपचार र नियन्त्रण कसरी हुन्छ ?’ उनले भने।
अस्पत्ताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमाल समेत स्वास्थ्यकर्मीमाथि भएको यो घटना निन्दनिय भएको बताँउछन । धिमाल र्दुव्यवहारमा संलग्नलाई कारवाही हुनुपर्ने माग गर्छन ।

स्थानीयको विरोधपछि अस्पतालले जिल्ला प्रशासन काठमाडौंलाई समन्वय गरिदिन आग्रह समेत गरेको थियो। हाल भने त्यहाँ अवस्था सामान्य रहेको दहालले जानकारी दिए।स्थानीयले अवरोध गरेपछि अस्पतालले आवश्यक समन्वय गर्न वडा नम्बर ३१ का अध्यक्षलाई पत्र समेत लेखेको छ। घटनापछि र्दुव्यवहार गर्नेलाई कारवाही गर्न सामाजिक सञ्जाल र जनस्तरबाट व्यापक दवाव आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *