पाङलाई नमुना कृषि गाउँ बनाईदै, सांसद गिरीद्धारा शुभारम्भ

कृषि गण्डकी प्रदेश विशेष

२४ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ पाङलाई नमुना कृषि गाउँ बनाउने अभियान शुरु भएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले गाउँलाई नमुना बनाउने अभियानको शुरुवात गरेका हुन । गण्डकी प्रदेश सरकारले शुभारम्भ गरेको नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ गर्दै संघिय सांसद गिरीले धार्मिक र पर्यटकीय सम्भावना बोकेका पाङ नमुना बनाउन स्थानीय बासी सक्रिय र जागरुक हुनुपर्ने धारणा राखे ।

सांसद गिरीले स्थानीयबासीको प्रयास र पहल भएमा गाउँले निकट भविश्यमा नै मुहार फेर्ने बताए । उनले पाङसम्म मुख्य राजमार्गबाट कालोपत्रे सडक निर्माणका काम भईरहेको बताउँदै सडकको माध्यमबाट पर्यटकहरुको संंख्यामा बृद्धि गर्ने कार्यक्रमहरु गाउँमा शुभारम्भ गर्न समेत स्थानीबासीलाई आग्रह गरे । पाङमा खानेपानीको विकराल समस्याको समाधान गर्न आफूले पहल गरीरहेको जानकारी दिदै आर्थिक र सामाजिक रुपमा सम्बृद्ध बनाउने गरी पाङको सर्वाङणी विकासको आवश्यकता रहेको औल्याए । सिंचाईको अभावलाई परिपूर्ति गर्न निकट भविश्यमा नै लिप्टिङ सिंचाई आयोजनाको शुरुवात हुने जानकारी दिदै सांसद गिरीले निर्माणधिन अग्लो झोलुगे पुलको माध्यमबाट थप पर्यटनको विकास गर्न सकिने तर्फ इंकित गरे ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मी, कुश्मा १ का वडा अध्यक्ष देवेन्द्र सृुवेदी, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले कृषि पेशालाई सरकारले प्राथमिकता राखेको कारण यसको विकास र विस्तारमा सवै जना लाग्नुपर्ने धारणा राखे ।

कुल १ सय ८३ घरधुरी प्रत्यक्ष सग्लन्न रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारले २५ लाख २ हजार ५ सय रुपैंया लगानी गर्दैछ । स्थानीय समुदायको ४ लाख ९ हजार ५ स रुपैंयाको साझेदारीमा सञ्चालन हुने उक्त कार्यक्रम पार्वती कृषि नमुना गाउँ कृषि सहकारी सस्था मार्फत सञ्चालनमा छ

Source : Parbat News

Leave a Reply

Your email address will not be published. Required fields are marked *