पर्वत क्लब हङकङको भलिबल प्रतियोगिता आयोजना सम्बन्धी प्रेस सम्मेलन सम्पन्न

Featured खेलकुद गण्डकी प्रदेश प्रवास विशेष समाचार समाज

६ फागुन २०८० हङकङ, पर्वत क्लब हङकङको आठौ वार्षिक उत्सव कार्यक्रमको अवसरमा सातौ महिला तथा आठौं खुल्ला पुरूष भलिबल प्रतियोगिताको सम्बन्धमा प्रेस जानकारी कार्यक्रम सम्पन्न भएको छ ।

यहि 31 march 2024 मा हङकङको चुनमुन बटरफलाईमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगितामा पुरूष तर्फ प्रथम हुनेले 13000 HKD, द्वितीय हुनेले 7000 HKD, मेडल र प्रमाणपत्र रहेको जानकारी पर्वत क्लब हङकङका अध्यक्ष काजीमान गुरूङले जानकारी दिनु भयो ।

आर्थर डाडाखर्क समिति हङकङका अध्यक्ष सुरेन्द्र गुरूङ ज्युको प्रमुख आतिथ्यतामा भएको प्रेस जानकारी कार्यक्रममा पर्वत स्थायी ठेगाना भई पर्वत क्लब हङकङका सदस्यहरु लगायत अन्य शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । तेसै गरि महिला तर्फको भलिबल प्रतियोगितामा प्रथम हुनेले 5555 HKD, दोश्रो हुनेले 3333 HKD, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सदस्य युवराज गुरूङ(सन्तु)ले जानकारी दिनु भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *