डाक्टर साहेब , पछाडि फर्केर हेर्नोस त त्यहाँ राजनीतिक स्वार्थका भरिया मात्रै छन ।

Featured स्वास्थ्य

-गोविन्द खनाल: डा साहेव सम्सद सदन सरकार तपाई को बिचार मा के हुन? सत्याग्रह को नाममा प्रतेक बर्ष टिचिङ्ग हस्पिटल मा आफ्नो काम माया मारेर अनशन बस्दै नेपाली सामु तपाईं सुपर हिट हुँदै जानू भएको छ । तपाईंले आफ्नो काम त ईमानदार रूपमा गर्नु भएन – तर सरकार र सदन लाई समेत आफ्नो अहमले आफ्नो बाटो मा काम गर्न दिने अवस्था दिनु भएन । सायद तपाईंले जानेर नै होला या कसैको बहकाव मा आएर त्यो त तपाईं बाहेक दैव नै जानुन । तर डा साहेव लोकतान्त्रिक विधि मा बिश्वास राख्ने हामी नेपाली सदन बनेको चिकित्सा स्वास्थ ऐन लाई मान्ने कि तपाईंको अनशन लाई ?

आज आएर तपाईंले १६ पटक अनशन रत हुँदा हिजो तपाईंको पछाडी हजारौं जनशक्ति सय मा झरे तर तपाईंको अहम मा अलिकति नी तल आएन । डा साहेव हिजो तपाई १४/१५ औं अनशन बस्दै जादा म नी तपाईंको माग मा सहमत थिए । तर तपाईंले अनशन तोडदै गर्दा ती माग लाई आफैं पछाडी छोडेर मनमोहन मेडिकल टिचिङ्ग हस्पिटल को गर्व मै भुण हत्या गरेर जुश को स्वाद लिनु भो – किन त्यो गर्नु भो त्यो मेरो सबाल अझै मन भरी छ ।

त्यो दिन बाट मअ जस्तै धेरै तपाईंको शुभचिन्तक ले तपाई को बिरोध गर्नु हाम्रो गल्ती हो र? प्रधानमन्त्री ले स्वम ले तपाईं लाई भेटेर स्वास्थ सुधार गर्ने जिम्मेवारी दिदा इङ्कार गर्ने तपाई बाट स्वास्थ को पुरै सुधार को अपेक्षा जनता ले कसरी राख्ने डा साहेव । जो ब्यक्ती आफै आत्मबिश्वासी छैन उसले अरु को हित कसरी गर्ला । ३ करोड नेपाली को हित कसरी गर्ला ? डा साहेव झट्ट हेर्दा तपाईंको मुद्दा आकर्षक छन – जो कोहि ले तपाईंको प्रवाव परि हाल्ने तर भोलि अनशन तोडने दिन आउन अनि १५ औं अनशन जस्तैः तेहि एक दुई मेडिकल कलेज को भुण हत्या गरेर तपाईं जुश को स्वाद लिनुहुन्न भन्ने के ग्यारेन्टी छ ?

डा साहेव तपाईंको नामले सदन मा स्थान पुगेको छ तर त्यो सदन को काम त तपाईंको नाम र अनशन मा छलफल गर्ने भन्दा नी सरकारले पेश गरेको विधेक मा छलफल हुनुपर्ने होइन र ? तीन करोड ले चुनेको सदन मा सरकार को बिधेक को होइन ब्यक्ति को बिषय मा छलफल हुँदा चस्स मन खान्छ । डा साहेव तपाई को हस्पिटल को रिसेफ्सन देखि तला तला को बेड अनि मुर्दा घर सम्म छिरेको छु । सुनेको तपाईंले चाहयो भने टिचिङ मा सुधार को कायपलट हुन्छ रे सक्नु हुन्छ त्यो सुधार्नु होश नसके तपाई सुध्रेर सरकार र सदन लाई आफ्नो काम गर्न दिनुहोस् ।

लोकतान्त्रिक विधि र बिधान मा सरकार ले विधेक ल्याउदा पसारो परेर समस्या समाधान हुने भए तपाईंको पछि जनता हुने थिए । चस्स फर्केर हेर्नू होश त डा साहेव तपाईंको पछि केही राजनीतिक स्वार्थ का भरिया मात्र छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *