पञ्चकन्यामा गाडी दुर्घटना

Featured विशेष समाचार समाज

विदुर, ११ माघ (रासस)ः नुवाकोटको पञ्चकन्या गाँउपालिका वडा नं ५ शिवालयमा मिनीट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
छड लिएर शिवालयबाट कविलास माध्यमिक विद्यालयतर्फ जाँदै गरेको बा ५ ख ५०२५ नंको आइचर कम्पनीको गाडी सडकबाट तल खस्दा त्यसमा सवार चारजनासँगै घाँस काट्दै गरेकी एक महिला घाइते भएका छिन् । सवारी चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको काठमाडौँमा उपचार भइरहेको नुवाकोटका प्रहरी नायब निरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उपचारत घाइतेको अवस्था सामान्य रहेको र फरार रहेका सवारी चालकको खोजी भइहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *