प्रदेशका सांसद घर्तीको उपचारका क्रममा भारतमा निधन

गण्डकी प्रदेश समाचार

पोखरा, २७ मंसिर ।
गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएको छ । भारतको राजधानी नयाँ दिल्ली स्थित एपोलो अस्पताल ४६ वर्षिय सांसद घर्तिको उपचारको क्रममा निधन भएको हो ।

कलेजो सम्वन्धी रोगबाट गम्भीर बिरामी भएका सांसद घर्तीलाई मंगलबार मात्रै एपोलो अस्पताल पुर्याइको थियो । यसअघि प्रदेश सांसद घर्तीको १७ दिनसम्म काठमाडौँ स्थित ग्राण्डी अस्पतालको आईसीयुमा उपचार गरिएको थियो ।
ढोरपाटन नगरपालिका ५ अधिकारीचौर सइखोला निवासी सांसद घर्ती राष्ट्रिय जनमोर्चाका सक्रिय कार्यकता हुन् । सांसद घर्ती बागलुङको क्षेत्र नं २ को ख बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उमेदवार बनी निर्वाचित भएका थिए ।
सांसद घर्तीमगर निसीखोला गाउँपालिकाको एक कार्यक्रममा अकस्मात बिरामी परेपछी उपचारका लागी पहिले पोखरा स्थित फेवासिटी अस्पताल, त्यसपछी काठमाडौँ स्थित ग्राण्डी अस्पताल र पछि दिल्ली स्थित एपोलो अस्पताल लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *