नेपालको सान ढाकाटोपी: राष्ट्रिय एकताको प्रतीक !

विशेष

-चन्द्र भट्ट

ढाका टोपी वा धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो। ढाका टोपी नेपालीहरूको मौलिक पोसाक पनि हो। नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जनजातिले निकै सम्मानका साथ लगाउँछन् ।

नेपाल मण्डल उपत्यकामा ढाकाको कपडाबाट बनेको परम्परागतरूपमा पुरूषहरूले लगाउने शिरपोश अथवा टोपी हो। यो मुख्य रूपले नेपाल मण्डल उपत्यका नेवा उपत्यका नेवाहरूको मुख्य पहिरन भए पनि पछिलो समयमा पहाडी भू-भागमा बसोबास गर्ने प्रायः सबै क्षेत्री, बाहुन र अन्य जातीका मानिसहरूले पनि परम्परागत रूपमा लगाउने गर्दछन्।

कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा९खस भाषा०मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ।

ढाका टोपी नेवा समुदायको मौलीक पहिरन हो । प्राचीनकाल देखी नेपाल मण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ। प्रायः ढाका टोपी पुरूषहरूले प्रयोग गर्छन्। आजकल महिलाहरूले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन्। प्राय दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाका टोपीले नेवा समुदायको पहिचान जनाउँछ । पाल्पाली र पूर्वेली ढाकाटोपी देशका उत्कृष्ट ढाकाटोपी हुन्। पछिलो समय नेवारहरू उपत्यका भन्दा बाहिर सरे पछि यो टोपी नेपालभर प्रचलनमा आएको छ।

कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा९खस भाषा०मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *