चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

Featured मनोरञ्जन

काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए  । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए । इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ ।  फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ । एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकार बिक्रम डिसी हुन् । विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको फिल्म झापा र इलामका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको छ । फिल्ममा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिछन् । फरक ढंगबाट परदेशीएका युवाको कथालाई डम्बरेमा देखाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *