नेपालको औपचारिक सद्‍भावना भ्रमणमा रहनुभएका बंगलादेशका महामहिम राष्ट्रपति श्री मोहम्मद अब्दुल हमिदज्यूले आज फेवा तालको दृष्यावलोकन गर्नुभएको छ ।

Featured गण्डकी प्रदेश विशेष समाचार

पोखरा, २८ कात्तिक 

नेपालको औपचारिक सद्‍भावना भ्रमणमा रहनुभएका बंगलादेशका महामहिम राष्ट्रपति श्री मोहम्मद अब्दुल हमिदज्यूले आज पर्यटकिय नगरी, प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा स्थित रहेको फेवा तालको दृष्यावलोकन गर्नुभएको छ ।

उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् । उनका स्वागतका लागि दुवै देशको झण्डा, पुष्प गुच्छा र विभिन्न भेषभुषामा विभिन्न व्यक्तित्व पुगेका थिए ।

उनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवहाक मुख्यमन्त्री किरण गुरुङ, सांसदहरु, व्यवसायीहरुले स्वागत गरेका थिए । राष्ट्रपति हमिदलाई पञ्चेबाजा सहित पन्चकन्याले पुष्पगुच्छा सहित स्वागत गरेका थिए ।

फेवातालमा डुंगा सयरको कार्यक्रम सकिए भएपछि उनी फेवा किनारमै रहेको फिस्टेल लजमा प्रदेश सरकारले आयोजना गरेको दिवा भोजमा सरिक भएर रुपाकोट जाने छन् ।

कास्कीको रुपा गाउँपालिका पुगेर हिमाली दृश्यावलोकन गर्ने छन् । रुपाकोट रिसोटमा उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले स्वागत गर्नेछन् । रुपा गाउँपालिकाले सांस्कृतिक झाँकी सहित स्वागत गर्ने तयारी छ ।

रुपाकोटमा हमिदले एक घण्टा बिताउने कार्यक्रम छ । उनी बिहीबारै हेलिकप्टरबाट काठमाडौं फर्कनेछन् । उनलाई आन्तरिक मामिला मन्त्री चुमानले नै बिदाई गर्नेछन् । नेपाली सेनाको हेलिकोप्टबाट पोखरा आएको उनले पोखरामा करिब चार घण्टा बिताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *