पर्वत अस्पतालमा बच्चाको विशेष उपचार कक्ष स्थापना गर्ने

Featured समाचार स्वास्थ्य

   पाेखरा ,२०७६ कार्तिक २७ 

पर्वत जिल्ला अस्पतालमा बच्चाको विशेष उपचार कक्ष  (SNCU – Special Newborn Care Unit)  गरिने भएको छ । लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको संयोजनमा ईटालीको रिजन टेन्ट्रिनो अल्टो एडिजको आर्थिक सहयोगमा ए एन टी परियोजना मार्फत बच्चाको विशेष उपचार कक्षका लागि आवश्यक सामान संवन्धमा लायन्स क्लव अफ शिवालय र पर्वत जिल्ला अस्पताल विच सम्झौता सम्पन्न भयो । २० लाख मूल्यका सामानहरु बुझ्दै पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीले यी अत्याधुनिक मेशिन उपकरण जडान भएपछि पर्वत अस्पतालमा जन्मिने बच्चाहरुले विशेष उपचारसेवा पाउने वातावरण बनेकोमा खुशी व्यक्त गर्नुभयो । उहांले भन्नुभयो पर्वत अस्पताललाई उपचार लायक अस्पताल बनाउने हाम्रो अभियानमा यो एउटा महत्वपूर्ण कदम हुनेछ । सम्झौता कार्यक्रममा लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतका अध्यक्ष डि आर शर्माले बच्चाहरुको उपचारमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । पर्वतमा सामान ल्याउन विशेष पहल गर्नुभएका लायन्स क्लव अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का को चिफ एडभाईजर बसन्त कुमार कर्माचार्यले सामानहरु उपयोग गर्दै जांदा आवश्यक अन्य सहयोग पनि गरिने र बच्चाहरुको स्वास्थ्यका लागि छिट्टै एउटा कोष स्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *