नवौ पोखरा महोत्सवलाई जगदम्बा स्टील प्रा.लि.को साथ

Featured गण्डकी प्रदेश विशेष समाचार

पोखरा । नवौ संस्करणको पोखरा महोत्सवलाई जगदम्बा स्टील प्रा.लि.ले साथ दिने भएको छ । पोखराको अमरसिंह चौरमा आगामी पुसको २७ देखी माघको ८ गते सम्म सञ्चालन हुने नवौ संस्करणको पोखरा महोत्सवमा जगदम्बा स्टील प्रा.लि. मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो । मुख्य प्रायोजक जगदम्बा स्टीलका आधिकारिक बिक्रेता पोखराको रत्नचोकमा रहेको सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरी र पोखरा महोत्सवका प्रायोजक ब्यवस्थापन उपसमिती संयोजक लिला बहादुर जिसी बीच महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी महोत्सवमा एक अर्काबीच सहकार्य गर्ने सहमति भएको हो ।

सम्झौता पत्रमामा हस्ताक्षर गर्दै जगदम्बा स्टीलका आधिकारिक बिक्रेता सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश प्रसाद चौधरीले पोखराबासीको चाहाना पोखरामा चिडियाखाना स्थापना गर्ने भएकाले जगदम्बा स्टीलले यो पटकको पोखरा महोत्सवमा सहकार्य गरेको वताए । आफुले विगत ४ वर्षदेखी पोखरामा सिजी हार्डवेयर तथा शालिमार गु्रप संगको सहकार्य मार्फत युनाइटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव संग सहकार्य गरेको अनुभव रहेको वताउदै युनाइटेड क्लवले पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै सामाजिक काममा देखाएको सक्रियतालाई सवैले साथ दिन आवश्यक रहेको समेत चौधरीले वताए । जगदम्बा स्टील प्रालिको आधिकारिक बिक्रेता सिजी हार्डवेयर बाट जगदम्बाका उत्पादनहरु टी एमटी छड, जी आइ वायर, काटी, एङ्गल, सिमेन्ट लगायतका सामाग्रीहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

सो अवसरमा वोल्दै क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सवलाई विगत ४ वर्षदेखी साथ दिदै आएको सिजी हार्डवेयर एण्ड सप्लायर्सले यो वर्ष पनि आफु संगै जगदम्बा स्टील प्रालिलाई समेत सहकार्य गर्ने मौका दिएकोमा धन्यवाद ब्यक्त गर्दै विभिन्न विभिन्न औधोगिक संघ सस्था लगायत सहयोगी संघ सस्थाहरुको सहयोगकै कारण पोखरा महोत्सवको नवौ संस्करण सम्म आइपुग्न सफल भएको वताए । उक्त अवसरमा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष लोकबहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *