‘एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न

गण्डकी प्रदेश समाचार स्वास्थ्य
एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न
IDEAS For LA GRANDEE र Cheli-Women Helping Women को संयुक्त आयोजना साथै Leo Club of Pokhara Destination, Rotaract Club of Pokhara Midtown, Nepal Health Corps र NSU La Grandee संगको सहकार्यमा आज मिति २०७८/०५/२७ गतेका दिन ‘एक चेली एक तीज उपहार कार्यक्रम २०७८’ सफलतापुर्बक सम्पन्न भएको छ।
पोखरा माहानगरपालिका वडा नं ९ साहारा टोल र वडा नं १७ नमुना टोल गरि १६६ घरधुरिका एक प्रतिनिधी महिलाहरुलाइ उपहार स्वरुप Sanitary pad, Disposable mask, Hand wash soap को प्याकेज वितरण गरिएको थियो। कोभिड महामारीको द्रोस्रो लहर पश्चात पनि यो अराजकताको समयमा संक्रमणको बढ्दो सम्भाव्यता भएको हुनाले समुदाय स्तरमा जनचेतना फैलाउने साथसाथै समुदायमा रहेको रजस्वाला प्रतिको अन्धविश्वास बिरुद्ध खुलस्त नहिच्किचाइकन कुराकानी हुनुपर्छ र यो कुनै नछुने हुने अवस्था नभईकन महिलामा हुने एकदमै प्राकृतिक प्रकिया हो भनेर जनचेतना जगाउने उदेश्यको हेतुले यो कार्यक्रम गरिएको हो। कार्यक्रमलाइ सभ्य र भब्य रुपमा सम्पन्न गराउनका निम्ति सहयोग गर्नुहुने सहयोगी सस्थाहरुका प्रतिनिधिहरु र ला ग्राण्डी कलेजका जनस्वास्थ्यका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *