कास्कीमा सवारी साधनमा आगो लगाई फरार व्यक्ति २ घन्टामा पक्राउ ।

Featured गण्डकी प्रदेश विशेष समाचार

कास्कीमा सवारी साधनमा आगो लगाई फरार व्यक्ति २ घन्टामा पक्राउ ।

मिति २०७५।१०।१९ गते बिहान अं.०९:४० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.०७ जिरो कि.मी. देखि फिर्के चौतारा जोड्ने भित्रि सडक खण्ड मासवार स्थित श्रीकृष्ण मा.वि.मासवारको गेट अगाडी काम बिशेषले प्रयोगमा भएको पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडी लाई मो.सा. तथा स्कुटरमा आएका ४।५ जनाको अज्ञात समुहले बाटो छेकि पेट्रोल छर्कि आगो लगाई फरार भएको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय कास्की पोखरा को कन्ट्रोलरुममा प्राप्त हुनासाथ तत्काल जि.प्र.का. कास्की बाट प्र.उ. ओम बहादुर राना र वडा प्रहरी कार्यालय बैदामबाट प्र.ना.उ.नविन कार्कीको कमाण्डमा टोली घटनास्थलमा खटी गई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र महानगरपालीकाको दमकल समेतको सहयोगमा १०:०० बजे आगो नियन्त्रणमा लिईएको । आगजनी गरिएको सवारी साधन ७० % भन्दा बढि जलि क्षति पुगेको ।
थप अनुसन्धानको निमित्त उक्त गाडी व.प्र.का.बैदाम कास्की लगिएको र चालकले दिएको हुलिया तथा गोप्य सूचनाको आधारमा जि.प्र.का.कास्की र व.प्र.का. वैदामबाट खटिएको थप टोलीले अ. ११:३० बजेको समयमा लेकसाईड स्थित स्ट्रिट नं.९ मा रहेको होटेलमा लुकिछिपि बसेको अबस्थामा घटनामा संलग्न निम्न अभियुक्तहरु लाई नियन्त्रणमा लिईएको । साथै निजहरुले घटना घटाउन प्रयोग गरेका ग८प ५८२३ नं.को स्कुटर, ग१४प १७२९ नं.को स्कुटर र बा५६प ३४८६ नं.को एभेन्जर मो.सा समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।
निम्न
१. जिल्ला कास्की पो.म.न.पा.वडा न.०६ लेकसाईड बस्ने बर्ष २३ को डिफान भुजेल ।
२. ऐ.वडा न.३२ बस्ने बर्ष ३३ को पर्शुराम बस्नेत ।
३. ऐ.वडा न.३० बस्ने बर्ष ३० को राजेन्द्र बराल ।
४. ऐ.ऐ. बस्ने वर्ष ३५ को लक्ष्मी प्रसाद पौडेल ।
५. ऐ.वडा न.३३ बस्ने बर्ष २२ को बिनय पौडेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *