नेपालमा कोभिड नियन्त्रणको बिकल्प

Featured आज को बिचार समाचार स्वास्थ्य

सन् २०१९ को अन्तिममा चाइनाको उहान प्रान्तबाट देखापरेको कोभिड–१९ भाइरसले हाल संसारभरि महामारिको रुप लिएको छ र संसार आज ठप्प छ , यसरी बिश्वलाई नै स्तब्ध बनाउँदा त्यसबाट नेपाल अछुतो हुने कुनै कुरा रहेन । आज यो लेख लेख्दै गर्दा बिश्वभरिमा ४६२८८२१ जना संक्रमित , ०८६५४ को मृत्यु , १७५९७०४ जना संक्रमण भई निको भइसकेका छन् भने ४५००७ जना अत्यन्त सिरियस अवस्थामा छन् । यसैगरी नेपालमा आजसम्म २७६ जना संक्रमित हुदाँ समुदाय स्तर र दिर्घरोगीको बीचमा नपुगेकोले मृत्यु वा सिरियस केस भने हालसम्म नभएकोमा नेपाली केही ढुक्क भएको पाइन्छ । तर यत्तिकैको सङंख्यामा मृत्यु हुने दर कम हुँदा भबिस्यमा (अबको २०/२२ दिनमा) मृत्युको सुरुवात होला जस्तो अन्तराष्ट्रिय जगतको डाटाबाट प्रष्ट हुन्छ । २१५ देशमा संक्रमण फैलिएको भाइरसले सबैभन्दा बढी प्रथम स्थानमा अमेरिकाको १४८४२८५ केस मध्ये ८८५०६ जनाको मृत्यु भइसकेको छ ।

नेपाल १४२ औँ स्थानमा रहेका छ । अब नेपालमा यसको रोकथाम र उपचारमा नेपाल सरकारले लकडाउनको अवधि थप्दै जादाँ मात्रै नियन्त्रण सम्भव दैखिदैन । यो अवधिमा नेपाल सरकारले केवल बिदेशबाट आएकाहरुको परिक्षण मात्र गर्यो साथमा उनीहरुको सम्पर्कमा आएकाहरुको पनि ट्रेसिङसम्म भयो, त्यत्तिकैमा रोग नियन्त्रण हुदैन ।

चैत्र ४ गते फ्रान्सबाट आएकी युवतीको भियतनामकी साथीले आफ्नो परिक्षण गरि कोभिड–१९ भएको थाहापाएपछि आफ्नो साथीलाई फोन मार्फत परिक्षण गर्न सुझाएको हुनाले त्यो केससग सम्बिन्धित सबैको उपचार पछि निको भएका छन् । बिश्वभरिको महामारिले खुल्ला सिमाना भएको हाम्रो देश सबैभन्दा बढी भारतबाट खतरा उत्पन्न भएको छ । मानिसको आवतजावत तथा धेरैको सङंख्यामा नेपालीहरु भारतको सहरमा काम गर्न गएको र बाध्यत्मक अवस्थामा घर फर्कन परेका कारण नै मुख्य चुनौतीको थपिएको छ ।

अब नेपाल सरकारले यस चुनौतीलाई सामना गर्नको लागि सम्पुर्ण नेपालीको साथ सहयोग लिन ढिला गर्नुहुदैन । देशैभरिका सबै स्बास्थ्यकर्मी जो नेपाल सरकारको मान्यता प्राप्त संस्थाबाट सर्टिफिकेट र प्रमाणपत्र देखाएर जागिर वा पेशा व्यासाय गरिरहेका छन् । उनीहरुलाई अनिवार्यरुपमा सुरक्षित तबरले काममा खटाउने त्यसको उचित पारिश्रमिक प्रदान गर्नेगरी ज्ञान, सीपको पुरापुर सदुपयोग गराउनु नै अहिलेको आवश्यकता हो । यसरी नै धेरै भन्दा धेरै स्वास्थ्यकर्मी परिचालन गरी परिक्षणको दायरा फराकिलो बनाउदै लैजाने र इच्छुक ब्यक्तिलाई शःशुल्क परीक्षण गर्ने ब्यवस्था पनि मिलाउनु पर्छ । यो लकडाउनको अबधि भित्र संक्रमितको सम्पर्कका आएकाहरु, एम्बुलेन्स चालक, अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, फोहोरमैला ब्यवस्थापनमा काम गर्ने कर्मचारी, पानी, तरकारी, दुध जन्य बस्तु ओसारपोसार गर्ने ब्यत्तिहरुको पहिलो चरणमा परिक्षण गरी सो रिपोर्टको आधारमा लकडाउनलाई खुकुलो वा ब्यवस्थित गर्ने निर्णय गर्नुपर्ने आबश्यकता छ ।

नेपाल सरकारले संक्रमित ब्यक्तिको उपचारको नाममा आइसोलेसनमा राख्न भन्दा उनीहरुलाई यो रोगको औषधी पत्ता नलागेको हुँदा उक्त ब्यत्तिहरुलाई स्थानीय निकायसगँ अनुरोध गरी कुन टोल, एरियाको सक्रंमित हो त्यस एरियामा रहेका सामाजिक सघंसस्ंथा जस्तै टोल बिकास सस्ंथा, आमा समुह, विभिन्न क्लबहरु, राजनितीक दल आदिलाई साथमा लिएर संक्रमितलाई समस्या नहुन्जेल घरमा सुरक्षित बस्ने व्यवस्था मिलाउने र समस्या देखापरे मात्रै कोरानासगँ सम्बिन्धित अस्पतालमा पठाउने ब्यवस्था मिलाएमा देशको ढुकुटी पनि बच्ने, संक्रमित व्यक्तिहरु भाग्ने क्रम रोकिने र घरपरिवार, टोल सबैले संक्रमितको ख्याल गरेमा रोगपनि नियन्त्रण हुने कुरामा जोड दिनु आवश्यक छ ।

यस कार्यमा सम्पुर्ण राजनितीक दल, सामाजिक सघंसस्था, विभिन्न क्लबहरु र सामाजिक ब्यक्तित्वहरुलाई समन्वय गर्ने जिम्मा स्थानिय निकायलाई दिएमा छोटो समयमा रोग नियन्त्रण गर्न सकिने छ । हाललाई सक्रंमित सबैलाई अस्पतालमा राखेता पनि सबैलाई त्यो सम्भब हुने छैन तसर्थ समस्या भएकोलाई मात्र अस्पताल भर्ना गर्ने अन्यलाई घरमा क्वारेन्टाइन/आइसोलेसन नै उत्तम विकल्प हुन जान्छ ।

 

लेखक: जयराम आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *